प्रवास, समाचार
रयाप पप गायक यम बुद्धको निधन

मोरङ । मोरङ जिल्लाको सलकपुर घर भएका युवा गायक एवं चर्चित रयापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । गत शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका समाचार स्रोतले बताएको छ । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका […]

नेपाली चेली तेरिया बिजेता बनिन

मोरङ । नेपाली चेली तेरिया मगर ’झलक दिखला जा’ को सिजन नौमा विजेता बनेकी छन् । कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी सो निकै चर्चित छ । नेपाली चेलीले जित हासिल गरे पछि सबत्र चर्चाको शिखरमा पुगेकी तेरियाको भबिश्य उज्वल रहेको छ । अनलाइन ‘बलिउड लाइफ’ ले समाचार प्रकासित गरे अनुसार उनी अन्य दुई […]

बिद्यालयको ताला खुल्यो

विराटनगर । जनता नमुना माध्यमिक विद्यालय बिराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला तीन साता पछि खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राधानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको छ । काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्वअध्यक्ष, […]

नवनिर्बाचित जिल्ला कमिटीलाई बधाई

बिराटनगर । एमाले पार्टी निकट बुद्धिजीवी क्षेत्र ‘क र ग’ अन्तरगत रहेका कर्मचारी, प्राध्यापक, वकिल र पत्रकारले नेकपा एमाले मोरङको नवनिर्वािर्चत नेतृत्वलाई बधाइ र शुभकामना दिइएको छ । एमाले पार्टी कार्यालय पाञ्चालीमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा पत्रकारका तर्फबाट प्रेस चौतारीका केन्द्रीय लेखा आयोग संयोजक विक्रम लुइँटेल, बुद्धिजीवी परिषदबाट पूर्वकेन्द्रीय सदस्य यज्ञ शर्मा, वकिलहरुबाट देवीप्रसाद […]

स्थानीय तहको चुनाव जेठमा हुने

मोरङ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले स्थानीय निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन् । विराटनगर विमानस्थलमा स्थानीय पत्रकारहरु संग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दलहरूबीच आपसी सहमति भएपछि निर्वाचनको मिति तोकिने जानकारी गराए । मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट […]

काजको बिरुद्धमा शिक्षक आन्दोलन

बिराटखबर संबादाता मोरङ । जनता नमुना माध्यमिक विद्यालय विराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला अझै खुल्न सकेको छैन् । आन्तरिक विवादका कारण शिक्षक काज सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले गत पुस १९ गतेदेखि लगाएको हो । शिक्षकहरु संग कुनै सल्लाह नगरी आफु खुशी काजमा शिक्षक ल्याए पछि बिद्यालयमा समस्या शुरुआत भएको हो । यसका आर्थिक […]

उर्लाबारी नगरपालिकाको बजेट निति तथा कार्यक्रम सार्बजनिक

मोरङ । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५को स्वीकृत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार बजेट आयतर्पm पस्ताव गरेको छ । अन्तरि स्रोतबाट एक करोड ५९ लाख,बाह्य स्रोतबाट ५३ लाख,सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख,पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख,रजिस्ट्रेशनबाट ३५ लाख,पूर्वाधार […]

पत्रकार पोखरेल पुरस्कृत

उर्लाबारी, मोरङ । पत्रकार गोविन्द पोख्रेल पुरस्कृत भएका छन् । उर्लाबारी नगरपालिकाले प्रदान गर्ने ७ हजार ५ सय राशीको क्रियाशील पत्रकारिता पुरस्कारबाट पोख्रेल सोमबार पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममामा पोख्रेललाई संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले दोसाल्ला ओढाई नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरे । उर्लाबारीलाई […]

दुई सञ्चारकर्मी सम्मानित

विराटनगर÷ फेवा साप्ताहिकी सम्पादक ललिता भट्टराई र नागरिककर्मी तेजेन्द्र दाहाल आज विराटनगरमा सम्मानित हुनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारणसभाका अबसरमा भट्टराई र दाहाललाई सम्मान गरेको हो । संस्थाको सदस्य भई नियमित रूपमा बचत गरेको भन्दै सहकारीले उत्कृष्ट बचतकर्ताको सम्मान ललिता भट्टराईलाई प्रदान गरेको छ । त्यसैगरी संस्थाको सदस्य भई […]

कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन दिन्नौं : ओली

विराटनगर÷नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला सरकारले नबुझेको आरोप लगाउनुभएको छ । विराटनगरमा आज नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले यो प्रस्ताव संविधान बिपरित छ तर संसदमा छलफल गर्न चाही सकिन्छ भनेको अबस्थामा संसदीय मूल्य मान्यता बिपरित जाल, झेल गरेर, झुक्याएर […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.