रयाप पप गायक यम बुद्धको निधन

रयाप पप गायक यम बुद्धको निधन

मोरङ । मोरङ जिल्लाको सलकपुर घर भएका युवा गायक एवं चर्चित रयापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ ।
गत शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका समाचार स्रोतले बताएको छ । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए ।
उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ । बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ ।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ ।
मृत्यु भएको पुष्टी गर्दै कारणबारे पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले अनलाईनलाई बताए । यता आफनो जन्मथलो सलकपुरमा बालसखाहरुले उनको आत्माले शान्ति पायोस भनेर मौन जुलुस समेत निकालेका छन् भने युवाहरुले उनको गित र रयाप पप गाएर सम्झाना समेत गरेका छन् । उनको मृत्यले मोरङ जिल्लालाई नै एउटा ठुलो क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.