बिद्यालयको ताला खुल्यो

बिद्यालयको ताला खुल्यो

विराटनगर । जनता नमुना माध्यमिक विद्यालय बिराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला तीन साता पछि खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राधानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको छ ।
काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्वअध्यक्ष, पूर्व्शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितिमा भएको छलफलपछि ताला खोल्ने सहमति भएको थियो । मोरगंमा यस्ता शिक्षक सरुवा र काजमा ल्याउदा शिक्षकहरुको हकहितका लागि खुलेका संघ सगठनहरुका नेताले पैसा लिएर यस्ता काम गर्ने गरेका छन् । बिराटनगर बजार क्षेत्रमा अहिले पनि काजमा धेरै शिक्षकहरु रहेका छन् जुन बिद्यार्थीहरुको अनुपात संग मिल्दैन् भने ग्रामिण क्षेत्रका बिद्यालयमा भने शिक्षक कम छन् । यही कारणले गर्दा ३ साता भन्दा बढी बिद्यालयको पढाई प्रभावित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.