दुई सञ्चारकर्मी सम्मानित

दुई सञ्चारकर्मी सम्मानित

विराटनगर÷ फेवा साप्ताहिकी सम्पादक ललिता भट्टराई र नागरिककर्मी तेजेन्द्र दाहाल आज विराटनगरमा सम्मानित हुनुभएको छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारणसभाका अबसरमा भट्टराई र दाहाललाई सम्मान गरेको हो । संस्थाको सदस्य भई नियमित रूपमा बचत गरेको भन्दै सहकारीले उत्कृष्ट बचतकर्ताको सम्मान ललिता भट्टराईलाई प्रदान गरेको छ । त्यसैगरी संस्थाको सदस्य भई आफुले लिएको कर्जाको सावाँ तथा ब्याज नियमित रूपमा बुझाएको भन्दै असल ऋणीको सम्मान तेजेन्द्र दाहाललाई प्रदान गरेको छ । प्रमुख अतिथी प्राध्यापक महेन्द्रनारायण यादवले भट्टराई र दाहाललाई दोसल्ला ओढाउनुको साथै सम्मानपत्र प्रदान गरेर सम्मान गर्नुभयो ।
साधारणसभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७२÷०७३ को लेखा परिक्षण प्रतिबेदन र लेखा समितीको प्रतिवेदनलाई सर्र्वसम्मतिबाट पारित गरेको छ । पाँच वर्ष अघि मोरङका ४२ जना सञ्चारकर्मीबाट स्थापना भएको सहकारीमा अहिले ९० जना सञ्चारकर्मी आबद्ध भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.