उर्लाबारी नगरपालिकाको बजेट निति तथा कार्यक्रम सार्बजनिक

उर्लाबारी नगरपालिकाको बजेट निति तथा कार्यक्रम सार्बजनिक

मोरङ । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५को स्वीकृत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार बजेट आयतर्पm पस्ताव गरेको छ । अन्तरि स्रोतबाट एक करोड ५९ लाख,बाह्य स्रोतबाट ५३ लाख,सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख,पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख,रजिस्ट्रेशनबाट ३५ लाख,पूर्वाधार विकासबाट एक करोड ४७ लाख ४४ हजार लगायत अन्य विविध शिर्षकहरुबाट १५ करोड ५६ लाख रुपैँया आयमार्पmत प्राप्त हुने कार्यकारी अधिकृतले बताए ।
यस्तै,प्रस्तावीत खर्चतर्फ प्रशासनीकमा ७ करोड ५५ लाख १५ हजार रहेको छ । यसमा सामाजिक सुरक्षा समेत जोडिएको नगरपालिकाद्वरा प्रस्तुत पुस्तिकामा उल्लेख गरिएको छ । यस्तै,कार्यक्रम तथा पुजीँगत खर्चमा ८४ लाख ५० हजार,अन्य कार्यक्रम खर्चमा १८ लाख ५० हजार लगायत अन्य विभिन्न शिर्षकहरु गरी आय बराबरको खर्च कार्यकारी अधिकृत मगरले प्रस्तुत गरेका छन् ।
नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरीक,बाह्य,समाजिक सुरक्षा,नेपाल सरकार लगायत अन्य विभिन्न शिर्षक गरी १६ करोड ८७ लाख ४५ हजार को बजेट संशोधिन गरी स्वीकृत पेश गरको छ ।
नगरपालिकाले आप्mनो उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको,निजी क्षेत्रलाई फोहोर व्यव्स्थापनको जिम्मा लगाएको,सौर्य सडक बत्ती कार्यक्रमबाट चालू आर्थिक वर्षबाट प्रारम्भ गर्ने,सिमसारयुक्त पर्यटकीय नगरी उर्लाबारीलाई कार्यान्वयन गर्न नगर क्षेत्रका सिमसारहरुलाई सुन्दर र आकार्षक बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको,सिसी क्यामेरा जडान,कभड हल निर्माण,बक्राहा घाट निर्माण जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेको छ ।
चोैथो नगर परिषदबाट पारित स्वीकृत बजेट,नीति तथा कार्यक्रमको अवसर पारी उर्लाबारी नगरपालिले मोरङ मोडल कलेजलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ । यस्तै,उत्कृष्ठ कर्मचारीमा सम्झाना भण्डारीलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.