काजको बिरुद्धमा शिक्षक आन्दोलन

काजको बिरुद्धमा शिक्षक आन्दोलन

बिराटखबर संबादाता
मोरङ । जनता नमुना माध्यमिक विद्यालय विराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला अझै खुल्न सकेको छैन् । आन्तरिक विवादका कारण शिक्षक काज सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले गत पुस १९ गतेदेखि लगाएको हो ।
शिक्षकहरु संग कुनै सल्लाह नगरी आफु खुशी काजमा शिक्षक ल्याए पछि बिद्यालयमा समस्या शुरुआत भएको हो । यसका आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।
३७ बर्षअघि नमुना विद्यालय घोषणा गरिएको जनता स्कुलमा प्रधानाध्यापक र शिक्षक बीचको मतभेदले जीर्ण बनेको विद्यालयको ताला अझै नखुलेको हो । पुस १९ गते स्कुलको सम्पूर्ण गतिविधी ठप्प गरेर आन्दोेलनमा उत्रिएका शिक्षकहरुले २० गतेदेखि प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् ।
स्कुलबाट सेवा अवधि सकिएर सामाजिक विषयका शिक्षक प्रदिप विश्वासले अवकास लिएपछि उनको स्थानमा गणित विषयका अभिमन्यू यादवलाई प्रधानाध्यापक विजयकुमार रौनियारले स्कुलमा हाजिर गराएको भन्दै सवै शिक्षक आन्दोलनमा उत्रिएका थिए । प्रधानाध्यापक रौनियारको कार्यकक्षमा ताला लगाएका शिक्षकहरु काजमा आएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता नभएसम्म तालाबन्दी नखोल्ने बताउदै आएका छन् । तीन दशकअघिसम्म पूर्वाञ्चलमा नाम चलेको विद्यालय शिक्षक– शिक्षक विचको विवादले गर्दा मर्ज गर्नु पर्ने अवस्थामा छ ।
२०६७ सालमा प्राधानाध्यापक भएर आएका बिजयकुमार रौनियार आफुखुसी चलेका कारण अन्य शिक्षकहरु रुष्ट छन् । प्राधानाध्यापक रौनियार आर्थिक रुपमा पारदर्शी नभएका कारण शिक्षकहरु प्र.अ. रौनियार संग खुशि छैन् भने बिद्यालयको पढाई समेत प्रभावित हुदै आएको छ । प्र.अ. रौनीयारले सधै पेलेर अघि बढ्न खोजेको शिक्षकहरुको गुनासो छ । विकास निर्माण, छात्रवृद्धि लगायत अन्य काम सञ्चालनका लागि सामाजिक परीक्षण गराउनु पर्छ । तर रौनियारले सामाजिक परिक्षण गराउन चासो नदिएको बताइएको छ । उता प्रधानाध्यापक रौनियार छलफल भैरहेकाले ताला चाडै खुल्ने बताउछन् ।
जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख देवेन्द्रराज खनाल शिक्षक सरुवाको विषयलाई लिएर आन्दोलन भएको आफूलाई जानकारी आएको बताउछन् । तर समस्या समाधान तर्फ लागेको देखिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.