कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन दिन्नौं : ओली

कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन दिन्नौं : ओली

विराटनगर÷नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला सरकारले नबुझेको आरोप लगाउनुभएको छ ।
विराटनगरमा आज नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले यो प्रस्ताव संविधान बिपरित छ तर संसदमा छलफल गर्न चाही सकिन्छ भनेको अबस्थामा संसदीय मूल्य मान्यता बिपरित जाल, झेल गरेर, झुक्याएर प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो । जसरी तास र जुवामा खेल तासको पत्ति र कौडाको खेल हुन्छ तर हारजित सम्पत्तिको हुन्छ त्यसैगरी संविधान संशोधन प्रस्तावमा कुरा भएपनि यसमा राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय हित र अखण्डताको हारजित हुने भएकाले एमालेले कुनैपनि हालतमा प्रस्ताब पास हुन नदिने ओलीले बताउनुभयो ।
गैरनेपालीलाई नागरिकता दिएर आफुहरूले गल्ति गरेको भन्दै अध्यक्ष ओलीले नागरिकता पाएपछि उनीहरूले नै एमालेलाई प्रवेश निषेध गर्ने कुरा गर्न थालेको बताउनुभयो । पृथ्वीनारायण शाहको “जाई कटक नगर्नु झिकी कटक गर्नु” भन्ने दिब्योपदेश उद्धृत गर्दै अध्यक्ष ओलीले एमालेले कसैलाई आक्रमण नगर्ने तर कसैले एमाले माथि आक्रमण गरे त्यसले ज्यादै नराम्रो मूल्य चुकाउनु पर्ने बताउनुभयो । जात जाती, भाषा भाषी लगायत विविधता भएको क्षेत्रमा विद्वेष, घृणा फैलाएर आफ्नो दुनो सोझ्याउने व्यवसाय फस्टाएको भन्दै ओलीले त्यसप्रति सजग हुन आग्रह गर्नुभयो । आफु प्रधानमन्त्री भएपछि जनपक्षिय कार्य गरेको र कसैलाई भेदभाव एवम् काखापाखा नगरेकाले गुटबन्दी गर्नुपर्ने आबश्यकता नभएको भन्दै ओलीले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्न यदी सर्वसम्मत गर्न नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन पुष २७ गतेसम्म चल्ने छ । अधिवेशनले एमाले मोरङको नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्षका लागि एमाले मोरङका वर्तमान अध्यक्ष महेश रेग्मी र पूर्व अध्यक्ष विनोद ढकाल नेतृत्व हत्याउने होडमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.