खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने […]
चितवन । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध […]
मकवानपुर । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आज दिउँसो १ बजेसम्म समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठको प्रस्तावक माओवादी सांसद शालिकराम जमरकट्टेल र समर्थक एमाले सांसद रामेश्वर फुँयाल छन् । श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट […]
धुर्मश सुन्तली फाउन्डेशन निर्माण सम्पन्न गरेको एकीकृत नमूना सन्तपुर बस्ती आज हस्तान्तरण गरिँदैछ । फाउन्डेशनले बिहान ११ बजे बस्ती हस्तान्तरणका लागि बिशेष कार्यक्रमको आयोजना गरिएको जनाएको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल , बगैंचा लगायतका संरचना निर्माण गरिएको छ […]
विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा कक्षमा आज हुने प्रदेश १ को अस्थायी राजधानी पहिलो प्रदेशसभा बैठकलाई दुुई घेराको सुरक्षा व्यवस्था गरिएको छ । प्रदेशसभा भवन परिसरभित्र नेपाल प्रहरी र सभा भवनको मूलद्वार तथा बाहिरी भागको सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । देशसभा बैठक कक्षमा एक सिफ्टमा २५ मर्यादापालक राखिने र २५ […]
आज मध्यराती देखि आगामी बुधवार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदैछ । मौन अवधी निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि शुरु हुनेछ । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, […]
आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् । नेपाल […]
तीन नम्बर प्रदेशमा संघीयता व्यवहारमै कार्यान्वयनमा आएपछि अन्य प्रदेशमा बैठकको तयारी भइरहँदा भने आज प्रदेशसभा बैठक बस्न लागेको हो । हेटौंडास्थित प्रादेशिक संसद भवनमा दिउँसो १ बजे मुलुकमै पहिलो पटक प्रादेशिक संसदको ऐतिहासिक बैठक सुरु हुने भएको छ|
एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए […]