आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ  । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् ।  नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएकाले सीमसारको संरक्षण र संबद्र्धनलाई विशेष महत्व दिँदै आएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका अनुसार नेपालको सीमसार क्षेत्रले १ सय ७२ प्रजातिकाृ माछा १ सय ९० प्रजातिका पंक्षी, दर्जनौं प्रजातिका घस्रने जीवजन्तु गरी ३ सय ७० प्रजातिलाई संरक्षण दिइरहेको जनाएको छ ।  एकोहोरो दोहन, जलवायू परिवर्तनको पभाव तथा अतिक्रमणको चपेटामा परेका कारण सीमसार क्षेत्र मासिँदै जान लागेको भन्दै सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । बढ्दो सहरीकरण, सीमसार क्षेत्रमा मिचाहा प्रजातिको बिस्तार, अतिक्रमण गरी खेतीपाती तथा अन्य प्रयोग लगायत समस्याले नेपालका फ्रेस वाटर सीमसार अत्यन्त्रै जोखिममा परेकाले यसको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *