पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड

पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड

चितवन  । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध बनाउन सकिने वताउनुभयो । बाइट अध्यक्ष प्रचण्डले पोल्ट्री क्षेत्रको आत्मनिर्भरतासवैका निम्ति उत्साह र प्रेरणाको स्रोत बनेको वताउनुभयो। उहाँले राज्यका तर्फवाट पोल्ट्री र समग्र कृषि क्षेत्रमा सोचे अनुरुपको योगदान हुन नसकेको वताउनुभयो । देशमा निति,नियम र काम गर्ने तरिका किसानलाई उत्साहित गर्ने र प्रवद्र्धन गर्ने खालका नभई किसानलाई दुरुत्साहित गर्ने खालका भएको उहाँको भनाई छ । ऐन, नियम, निर्देशिका परिवर्तन गरेर भएपनि किसानलाई सवै कुरामा छुट दिनुपर्ने प्रचण्डले वताउनुभयो । कृषिको विकास बिना नेपालको संमृद्धि संम्भव नरहेको प्रचण्डको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.