धुर्मश सुन्तली फाउन्डेशनद्वरा एकीकृत नमूना सन्तपुर बस्ती हस्तान्तरण गरिँदै

धुर्मश सुन्तली फाउन्डेशन निर्माण सम्पन्न गरेको एकीकृत नमूना सन्तपुर बस्ती आज हस्तान्तरण गरिँदैछ । फाउन्डेशनले बिहान ११ बजे बस्ती हस्तान्तरणका लागि  बिशेष कार्यक्रमको आयोजना गरिएको  जनाएको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल , बगैंचा लगायतका संरचना निर्माण गरिएको छ । सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम लगायतको बसोबास रहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *