युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने

युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने

बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।
शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने आयोजक कमिटीका संयोजक तथा युथ फर ट्र्रान्सफर्मिङ नेपालका अध्यक्ष अरबिन्द कामतले जानकारी गराउनु भयो । संस्थाले मानवीय संबेदनशिलतालाई ध्यान राख्दै समाजमा अन्य धेरै समाजिक काम समेत गर्दै आएको र भबिश्यमा युवाहरु लक्षित बिभिन्न कार्यक्रम राख्ने साथै युवा नै समाजका परिबर्तनका संवाहक भएकोले युवाहरुको सक्रियतालाई बढाउन बिभिन्न निकायहरुसंग हातेमाले गर्नु पर्ने युथ फर ट्र्रान्सफर्मिङ नेपालका संस्थापक संयोजक नरेश शाहले बताउनु भयो । img_8918
आधुनिक नेपालकको निर्माण, अखण्डता, एकता र शान्ति कायम राख्न साथै स्वास्थ्यको लागि म्याराथुन दौडको धेरै महत्व भएकोले युवाहरुको सक्रियतालाई कटहरी गाउपालिकामा अझ शसक्त गर्न आबश्यक भएकोले सबै राजनैतिक पार्टीहरुको सहभागिता गराउनु पर्ने युवा अभियन्ताका जिल्ला अध्यक्ष राकेश रोशन यादबले बताउनु भयो । गाउपालिका भित्रका सबै वार्डहरुको सक्रिय सहभागिताका लागि म्याकिङ, पोष्टरीङ तथा प्रचारप्रसार गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको आबश्यक रहेको सह–संयोजक मो.नसरुल सेखले बताउनु भयो । प्रतियोगितामा सहभागिहरुले नाम दर्ता गरी महिला र पुरुष दौढ स्थानीय स्कुलमा २ किल्लोमिटरको म्याराथुन हुने आयोजकले जनाएको छ । संस्थागत तथा ब्यक्तिगत सहभागिता सबैको उपस्थित हुनका लागि आयोजकले बिभिन्न संघसंस्था, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु, युवाहरुको छाता संगठनहरु, राजनैतिक दलहरु, स्थानीय जनप्रतिनिधीहरु, सुरुक्षा निकायका अगंहरुलाई सहयोगको अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.