आज रातीबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदै

आज रातीबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदै

आज मध्यराती देखि आगामी बुधवार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदैछ । मौन अवधी  निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि शुरु हुनेछ । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, तथा कुनै पनि प्रविधिको प्रयोग गरेर भोट माग्न नपाइने जनाएको छ । मौन अवधीमा चुनाव प्रचारप्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई उम्मेदवारी नै खारेज वा एक लाख रुपैयाँ जरिवाना गर्न सकिने संवैधानिक प्रावधान छ । प्रत्येक प्रदेशबाट ८–८ जना गरी राष्ट्रिय सभा निर्वाचनमा ५६ सदस्य निर्वाचित हुनेछन् । यसैबीच, प्रदेश नम्बर २ मा भने सबै ८ जना निर्विरोध भएकाले निर्वाचन गर्नु नपर्ने भएको छ । राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भएका छन् भने बांँकी ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *