Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भैसी गोठालोबाट गोवर्धन सम्मको यात्रा, सप्तकोशीको शैक्षिक क्रान्तिमा माउतेदाइको कथा

2020 May 26 4:58 PM 5

विज्ञापन

Biratkhavar
भैसी गोठालोबाट गोवर्धन सम्मको यात्रा, सप्तकोशीको शैक्षिक क्रान्तिमा माउतेदाइको कथा
– हरेराम विष्ट ०७७ जेठ १३ गते – कालो अक्षर भैसी वरावर भन्ने उखान छ । उखानमा ‘शिक्षा विहिनता’ को अवस्थालाई तुलना गर्न भैसीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ । तर, त्यहि भैसी शिक्षाको ढोका खोल्न कारक वनेको घट्ना भने धेरैलाई जानकारी नहुन सक्छ । तत्कालिन फत्तेपुर गाविस (सप्तकोशी नगरपालिका) लाई शिक्षाको वाटोमा अग्रसर गराउन त्यहि भैसी गोठालोको अतुलनीय योगदान छ । कुनै एक दिन यस्तो आयो, उनी भैसी गोठालो गई दिएको भए सम्भवतः सप्तकोशी नगरपालिकाले शिक्षाको वैभवशाली र समृद्ध श्री गोवर्धन वैरागी जनता उच्च मा.वी. पाउन सम्भव थिएन । एउटा भेसी गोठालो देखि हात्तीको माउतेसम्मको दुःखद र संघर्षशिल जीवन विताएका ती ब्यक्तिको मानस पटलमा कसरी झाङ्गियो होला क्रान्तिकारी शिक्षा प्रदान गरेर यो समाजलाई परिवर्तन गर्ने अठोट ? सप्तरीको पातो कविलासा निवासी चौधरी समुदायमा जन्मिएका– ज्ञानलाल। एक दाजु र एक भाईसहित साईलो सन्तानका रुपमा जन्मिएका ज्ञानलाल मातापिताको मृत्युपछि भाउजुको संरक्षणमा हुर्किए । उनको दिनचर्या भैसी चराएर वित्यो । तर, एक दिन भैसी चराउन ढिलो हुँदा उनले नराम्रोसँग भाउजुको खप्की खानु पर्यो। उनले त्यसै दिन घर छोडने निधो गरे र तत्कालिन भरौला परगौना (रुपनगर) पश्चिमको जंगल हुँदै चन्द्रनहर (फत्तेपुर) को चन्द्रनहर निर्माण स्थलमा आईपुगे । घरवाट भागिसेपछि जिवन निर्वाहका लागि जरुरी थियो,– संघर्ष । ‘घरै पिडालु, वनै पिडालु’ भने झै कामको खोजी गर्दै जाँदा चन्द्रनहरमा उनी हात्तीको माउतेमा नियुक्त भए । चन्द्रनहर निर्माणाधिन अवस्थामा थियो र हात्तीलाई यातायात तथा ढुवानीको साधनका रुपमा प्रयोग गरिन्थ्यो । चन्द्रनहर निर्माणमा खटिएका इन्जिनियर, ओभरसियर तथा प्रशासकहरुलाई भगवतपुर (हालको शम्भुनाथ नगरपालिका) स्थित मुख्य कार्यालयवाट निर्माण स्थल (त्रियुगा हेडवक्र्स) ल्याउने/लाने कार्य हात्तीले नै गथ्र्यो । राणा शासनको कडा प्रशासनिक कानुन भित्र काम गर्ने र भनेको वेला जुनसुकै वेला हात्ती सहित उपस्थित हुनुपर्ने ज्ञानालालको दैनिकी वन्यो। तर उनले माउतेको काममा मात्र आफुलाई सिमित राख्न चाहेनन् । उनले नुन र मट्टितेलको कोटा (डिलर) पनि लिएका थिए । नुन र मट्टितेल खरिद गर्न उदयपुर, खोटाङ्ग, भोजपुर लगायतका पहाडि क्षेत्रवाट आउनेहरुले ल्याएको घिउ खरि विक्रि उनको अतिरिक्त काम थियो । जागिर र विभिन्न काम गर्ने ज्ञानलालले युवाअवस्थामा नै केहि जग्गा पनि जोडे। gobardhan-baba माउतेको रुपमा काम गर्दा र कर्मचारीहरुको सवारी चलाउदा कहिलेकाहि ज्ञानलाललाई असाध्यै पेट दुख्थ्यो। तर, सिताराम…, सिताराम… भन्दै भगवानको नाम उच्चारण गरेपछि उनको पिडा विशेक हुन्थ्यो । यहि विस्वासले उनलाई भगवानप्रति समर्पित गराउँदै लग्यो । अन्तमा सप्तकोशी नगरपालिका २ (तत्कालिन फत्तेपुर गाविस– २, प्रशाहा) स्थित अखडा कुटिका प्रमुख साधुवाट ज्ञान लिएर उनी पनि साधु वने । भैसी गोठालो, माउते हुँदै ज्ञानलाल चौधरी ‘गोवर्धन दास वैरागी’ मा परिवर्तित भए । ‘गोवर्धन दास वैरागी’ भएपछि पनि उनी धेरै समय अखडामा टिक्न सकेनन् । ‘जो आश लाग्दो उही जेठाजु पर्दो’ भने झै आफना गुरुसँगै उनको मनमुटाव सुरु भयो । त्यसैले कुटि छोडेर उनी भारत निर्वासित भए । भारतका विभिन्न मठ मन्दिर घुमेर उनले झण्डै १० वर्ष विताए । भारतीय मठ मन्दिरमा जोगी, सन्यासीहरुलाई दक्षिणा दिने चलन थियो । उनले त्यहा चन्द्रनहरवाट र आफनो नीजि नून, मट्टितेलको कोटावाट भन्दा १० गुणा वढि आम्दानी गरे । त्यस मध्ये केहि रकम उनले गोवर्धन वैरागी जनता विद्यालय (हाल गोवर्धन वैरागी जनता उच्च मावी) को भवन निर्माणमा लगाए । वेलाह प्रशवनीका गुणानन्द जिम्दारले दिएको करिव १० कठ्ठा तथा पुर्व मन्त्री जयप्रकाश गुप्ताका पिता श्यामप्रसाद गुप्ता र भरत जोशीले दिएको गरी जम्मा १२ कठ्ठा जमिनमा १४ कोठे विद्यालय भवन निर्माण गरियो । २०३६ सालमा निर्माण भएको भवन निर्माणमा गोवर्धन वावाको एकलौटि लगानी र केहि जनश्रमदान खर्च भएको छ । २०४५ सालको भुकम्पपछि उक्त भवन भने अस्तित्वमा छैन । यस वाहेक आफनो कुटि (सत्यनारायण मन्दिर) सहितको साढे ७ कठ्ठा जग्गा समेत गोवर्धन वावाले विद्यालयलाई दान दिए । विद्यालयको कुल जग्गा हाल २५ विगाह पुगेको छ । अन्य जग्गा २०२८ सालमा नापी हुँदा समाजसेवी तथा तत्कालिन प्रधानपञ्च गोविन्द वहादुर वस्नेतले चलाखीपुर्ण तरीकाले विद्यालयको नाममा गराएका थिए । विद्यालय संचालनको सकसपुर्ण यात्रा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. १ को सवैभन्दा सम्पन्न शैक्षिक संस्थाको रुपमा जिल्लाकै औलामा गन्न योग्य गोवर्धन वैरागी जनता उच्च मावी अस्तित्वमा आउनु भन्दा अगाडिको संघर्षका पाटाहरु र सुरुवातका दिनहरुको लेखाजोखा गरिएन भने हालको गोवर्धन वैरागी जनता उच्च मावीको इतिहाँसको यात्रा र सहयोग संघर्ष गर्ने सहयात्री हिमायतीहरुको योगदान मात्र ओझेलमा पदैन स्वयम् गोवर्धन वावाप्रति अन्याय हुन्छ । विसं २०१६ सालमा राष्ट्रिय प्राथमिक विद्यालयको रुपमा स्थापति यो विद्यालय हालको भगवती मन्दिर पछाडि साधारण खरले छाएको भवनमा संचालन गरिएको थियो । यो विद्यालय संचालन हुनु पुर्व सिताराम लालाको घरमा भारत जयनगरवाट आएका रामचन्द्र झा (फत्तेपुर वजार स्थित हनुमान मन्दिरका पुजारीका पिता) र डा. श्रीकान्त (वजारको नहरको डिलमा रहेको सेलर मिलमा क्लिनिक) ले सहयोग गरेका थिए । विसं २०१६ सालमा स्थापित यो विद्यालयका प्रथम ब्यवस्थापन समितिका अध्यक्ष सिताराम लाला थिए । स्थानीय वजारको चन्दा र घरधुरीवाट संकलित वार्षिक ९ मन धानवाट यो विद्यालय संचालन हुन्थ्यो । विद्यालयको प्रथम प्रधानाध्यापक तारणी प्रसाद देव (स्वर्गवास) र सहायक प्रधानाध्यापक महिकर चौधरी थिए । विद्यालयलाई यो अवस्थामा ल्याउन उनीहरुको योगदान पनि कम संघर्षपुर्ण छैन । यि दुवै शिक्षकहरुका लागि विसं २०२३ सालवाट नेपाल सरकारले वार्षिक ९ सय रुपैयाँ अनुदान दिन थाल्यो । विद्यालयमा अनुदान आउन थालेपछि तत्कालिन सहायक प्रधानाध्यापक महिकर चौधरीले आफनो ठाउँमा उपेन्द्र शाहिलाई सहायक प्रधानाध्यापकमा नियुक्त गराए । खाईपाई आएको जागिर छोडेर अर्कालाई सुम्पनु चानचुने कुरा थिएन, र उनका लागि पनि यो अवस्था सहज थिएन । तर, विद्यार्थीको चाप, ब्यवस्थापन र कुशल प्रशासनलाई मध्यनजर गर्दै उनले यस्तो कदम उठाए । २०२७ सालमा यो विद्यालयलाई स्थानान्तरण गरी सिद्धिपुर (हाल गोविन्द वहादुर वस्नेतको घर पुर्व) पु¥याईयो । त्यसपछि विस्तारै विद्यालयले आफनो स्वरुप पाउन थाल्यो र गोवर्धन वैरागी जनता उच्च मावी हालको अवस्थामा पुगेको छ । जहाँ कक्षा १ देखि स्नातक तह हुँदै कम्प्युटर प्राविधिक शिक्षा समेत पढाई हुने गरेको छ । अन्त्यमा इतिहाँस कथामा मात्र सिमित हुँदैन । यो भविष्य देखाउने प्रभावकारी मार्ग पनि हो । हालको गौरवशाली गोवर्धन वैरागी जनता उच्च मावी वन्नुमा माथि उल्लेख गरिएका वाहेक पनि अन्य धेरै अग्रजहरुले योगदान छ। तर, धेरै नाम अहिले इतिहाँसका पन्नामा मात्र सिमित छन । गर्भुदास चौधरी, लविचन चौधरी, मुखिलाल चौधरी जस्ता दानविरहरुलाई हामीले सम्मान गर्न सकेका छैनौ। यस्ता शिक्षाप्रेमी ब्यक्तित्वहरुलाई आउँदो पुस्ताले चिन्न र सम्झन जरुरी छ । अर्कोतर्फ एउटा ब्यापारी जस्ले निजी विद्यालय स्थापना गरेको एक दशक नपुग्दै सुविधा सम्पन्न भवन, यातायात, पुस्तकालय र अतिरिक्त सवै आवश्यक वस्तुहरु जोड्छ र त्यसैको वलमा विकसित देशको नागरिक सरहको जीवन यापन गर्छ । तर, वार्षिक तीन करोडको कारोवार गर्ने गोवर्धन वैरागी जनता उच्च मावीको अवस्था दिनदिनै अधोगतिमा छ भन्दा अत्युक्ति नहोला । विद्यालयको सवै सम्पत्ति ब्यवस्थित हुन सकेको छैन । झण्डै १३ विगाह जग्गा अतिक्रमण भएको छ । जिल्लाकै जेठो मध्येको १ मा पर्ने यस विद्यालयको भौतिक सम्पत्ति आँखै अगाडि दुरुपयोग हुँदा पनि स्थानीय तहका जनप्रतिनिधि वेखवर छन् । यो दुःखद पक्ष त हो नै, विद्यालयको शैक्षिक गुणस्तर सुधारका पक्षमा समेत स्थानीय तहको पहल कदमी निरासाजनक छ । यसतर्फ समयमै चेत फिर्नु जरुरी छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु