Live
| बुधबार, कार्तिक ४, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

2026 Apr 19 7:26 PM 219

विज्ञापन

Birat Cancer Hospital
साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

विराटनगर । नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवागुठीले आयोजना गरेको कार्यक्रममा वरिष्ठक विज्ञान उदास र लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको हो।

शनिबार आयोजित विशेष समारोहमा ‘देवकुमारी थापा स्मृति सम्मान–२०८२’ बाट सम्मानित कवि उदासलाई नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्य मार्फत निरन्तर साहित्य साधनामा समर्पित उदास नेपाली साहित्यका स्थापित स्रष्टा मानिन्छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने लगायतले उदासको योगदान नेपाली साहित्यको दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए।

त्यसैगरी ‘बबरसिंह थापा स्मृति सम्मान’बाट सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मानगरिएको छ। साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविधपक्ष उजागर गर्दै आएकी श्रेष्ठको बहुआयामिक योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।दुवै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, उपाध्यक्ष मालती राई, पूजा थापा श्रेष्ठले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, प्रमोद प्रधान लगायतले देवकुमारी थापाको साहित्यिक योगदान स्मरणगर्दै नेपाली भाषा र बाल साहित्यको विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए।

विराटनगर महानगरपालिका–११ काअध्यक्षतीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा सदस्य सचिव दिनेशराज सुवेदी ‘दिङ्लालीकान्छो’ले स्थानीयतहमा साहित्यिक गतिविधि प्रवद्र्धनका लागि यस्तापहल आवश्यक रहेको धारणा राखे।

गुठीका अध्यक्ष न्यौपानेले स्मृति सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहनगर्ने योजना रहेको बताए। 

गुठीका सचिवदिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य शोभन नेपाल समेतले बालकथाकार देवकुमारी थापाले नेपालीभाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 


विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला