Live
| बिहिबार, असार ३१, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

2025 Nov 13 2:21 PM 411

विज्ञापन

Birat Cancer Hospital
बिराट टिचिगं अस्पताल  अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी र प्यालिएटिभ केयर ESMO नियुक्त केन्द्रको रूपमा अवार्ड प्रदान गरिएको हो। क्यान्सर इन्स्टिच्युटले सन् २०२६ देखि २०२८ सम्मका लागि ESMO नियुक्त केन्द्रको रूपमा मान्यता प्राप्त गरेको छ।  ESMO डिजाइनेटेड सेन्टर कार्यक्रमले विश्वभरका ओन्कोलोजी र प्यालिएटिभ केयर सेवाहरूको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ संचालन गरिँदै आएको छ। यो मान्यता तीन वर्षका लागि अवधिको लागि हुने ESMO ले जनाएको छ।  यो मान्यताले विराट क्यान्सर इन्स्टिच्युटले विश्व-स्तरीय ओन्कोलोजी सेवा, करुणामय प्यालिएटिभ केयर र बिरामीको मर्यादा प्रति अटल प्रतिबद्धता राखेको प्रमाणित गरेको छ। यो नेपालमा बहु-अनुशासनात्मक क्यान्सर र प्यालिएटिभ केयर सेवाहरूलाई अगाडि बढाउने दिशामा ऐतिहासिक र उल्लेखनीय कदम भएको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ। यस प्रतिष्ठित पुरस्कारका लागि गरिएको पहल




र अथक परिश्रमको लागि एसोसिएट प्रोफेसर मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको भूमिका महत्वपूर्ण रहेको छ। उनको नेतृत्वमा यो उपलब्धि हासिल भएको हो। यस महत्वपूर्ण उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण ओन्कोलोजी टिमलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यो मान्यताले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार र प्यालिएटिभ केयरको गुणस्तर सुधार गर्न तथा अन्तर्राष्ट्रिय मानक अनुरूपको सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?