Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च (क) वर्ग

2026 May 10 5:27 PM 524

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च (क) वर्ग

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग अर्थात् अति उत्तम हासिल गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा बिराट किचनले उक्त उपलब्धि हासिल गरेको हो। होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, बिराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका-२ का वडा सदस्य मिना विश्वास र सहायक हवलदार सुजन प्रधान सम्मिलित थिए। अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र बिराट किचनका सञ्चालक रविकान्त साहको समेत उपस्थिति रहेको थियो। अनुगमन संयोजक तथा होटल एसोसिएसन कोशी प्रदेशका सचिव भट्टराईले बिराट किचनमा खाद्य गुणस्तर, सरसफाइलगायत सम्पूर्ण पक्षहरू पूर्णतः व्यवस्थित रहेको पाइएको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दछ। यसमध्ये सर्वोच्च वर्ग हासिल गर्नु बिराट किचनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ। बिरामी, तिनका परिवारजन, अस्पताल कर्मचारी तथा आगन्तुकहरूलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको बिराट किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेका छन्। बिराट किचनका सञ्चालक रविकान्त साहका अनुसार डाइटिसियनहरूले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रोटोकल र व्यक्तिगत रुचिलाई ध्यानमा राखी खाना योजना तयार गर्छन्। "हाम्रो लक्ष्य केवल भोक मेटाउने मात्र होइन, बिरामीहरूको शीघ्र स्वास्थ्यलाभमा योगदान पुर्‍याउने पनि हो," उनले बताए। हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले हस्पिटल परिसरभित्रै सुलभ मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुने भएकाले बिरामी र तिनका परिवारजनलाई बाहिरी रेस्टुरेन्टमा जानुपर्ने बाध्यता नरहेको बताए। अन्तर्राष्ट्रिय स्वच्छता मापदण्डको कडाइका साथ पालना गर्दै आएको बिराट किचनले यस उपलब्धि मार्फत अस्पतालभित्रको खानपान सेवाको एक नयाँ मापदण्ड स्थापित गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला