Live
| बिहिबार, जेठ ७, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

2026 May 21 8:42 PM 6

विज्ञापन

Birat Cancer Hospital
एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो
संक्षेपमा
  • एमालेको आरोप– प्रधानमन्त्रीले संसद्लाई छल्ने र अपमान गर्ने काम गरे
  • प्रधानमन्त्रीको व्यवहारले सदनको गरिमा घट्यो : एमाले
  • संसद्प्रति उत्तरदायी नभएको एमालेको आरोप

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए। सोही क्रममा एमाले सांसद ऐनबहादुर महरले प्रधानमन्त्री संविधानअनुसार सदनप्रति गम्भीर र उत्तरदायी बन्न नसकेको टिप्पणी गरे।

उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै जनताको आवाजको सुनुवाइ गर्नुपर्ने बताए।

सांसद महरले भने, ‘कुरा नियमावलीको मात्र होइन, विषय नियतको हो । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने देखियो ।’

उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थालाई समेत बेवास्ता गरेको आरोप लगाए। महरका अनुसार यसले प्रधानमन्त्रीलाई थप स्वेच्छाचारी र निरंकुश बाटोतर्फ उत्प्रेरित गरेको छ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले संसद्को गरिमा र उत्तरदायित्वमाथि प्रश्न उठाएको बताएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?