Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

अबिजाल बिष्ट · 2026 Mar 10 10:16 AM 679

विज्ञापन

Birat Cancer Hospital
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
संक्षेपमा
  • प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिँदा समानुपातिकतर्फको गणना जारी छ।
  • हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा झन्डै तेब्बर बढी मत ल्याउँदै स्पष्ट अग्रता बनाएको छ।
  • समानुपातिक मतकै आधारमा रास्वपाले सबैभन्दा धेरै सिट थप्ने सम्भावना देखिएको छ।

२६ फागुन, विराटनगर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिइसकेको भए पनि समानुपातिकतर्फको गणना अझै जारी रहेको छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसको भन्दा झन्डै तेब्बर बढी मत ल्याएको देखिएको छ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले बिहान साढे ८ बजेसम्म समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ । हालसम्मको मतपरिणामलाई आधार मान्दा रास्वपाले समानुपातिक प्रणालीबाट मात्रै थप ५८ सिट हासिल गर्न सक्ने अनुमान गरिएको छ ।

यता, प्रत्यक्षतर्फ १८ सिटसहित दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ । यस हिसाबले कांग्रेसले समानुपातिकबाट थप १९ सिट सुरक्षित गर्न सक्ने सम्भावना देखिएको छ ।

त्यसैगरी, प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत ल्याएको छ । अहिलेको मतआधार अनुसार एमालेले थप १६ सिट प्राप्त गर्न सक्ने आकलन गरिएको छ ।

प्रत्यक्षतर्फ ७ सिट हात पारेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत प्राप्त गरेको छ । यसबाट उसले थप ९ सिट पाउने सम्भावना देखिएको छ ।

चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । समानुपातिकतर्फ भने उसले ३ लाख ४९ हजार १४० मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेको छ । यससँगै राष्ट्रिय पार्टीको मान्यता पाएको श्रम संस्कृतिले समानुपातिकबाट थप ४ सिट पाउने सम्भावना रहेको छ ।

यसैगरी, प्रत्यक्षतर्फ १ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ । उसले पनि राष्ट्रिय पार्टी बन्न आवश्यक मत कटाएर समानुपातिकतर्फ थप ४ सिट जित्ने सम्भावना बनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति