Live
| आइतबार, असार २०, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

2026 May 21 8:45 PM 80

विज्ञापन

Birat Cancer Hospital
विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
संक्षेपमा
  • प्रधानमन्त्रीको अनुपस्थितिपछि संसद् बैठक स्थगित
  • विपक्षीको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेट रोकियो
  • प्रधानमन्त्रीको उपस्थिति माग्दै विपक्षीको विरोध, संसद् बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले विरोध जनाएका हुन्।

प्रधानमन्त्री अनुपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई उक्त प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। त्यसपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग उठाएका थिए।

विपक्षी सांसदहरूले नीति तथा कार्यक्रम पेश भएयता संसद्मा प्रधानमन्त्रीको उपस्थिति निरन्तर खोजिँदै आएको स्मरण गराउँदै संसद्प्रति प्रधानमन्त्रीको उत्तरदायित्वमाथि प्रश्न उठाए। उनीहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिनसम्म पनि उक्त कार्यक्रम सञ्चालन हुन नसकेको बताए।

विपक्षीले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीमार्फत कार्यसूची अगाडि बढाउन खोजिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। त्यसक्रममा सत्तापक्षबाट रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अगाडि बढाउने अधिकार रहेको बताएका थिए।

सत्तापक्ष र प्रतिपक्षबीच संसद्मा सवाल–जवाफ चर्किएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?