फल्यास न्यूज, बिचार, समाचार, समाज
रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा […]

माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुल्ने

विराटनगर । सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको साधारण सेयर (आइपिओ) कात्तिक १५ गतेदेखि निश्कासन हुने भएको छ। दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।एक आवेदकले कम्तीमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको र बढीमा १ हजार कित्ता अर्थात १ लाख रुपैयाँसम्मका लागि आवेदन दिन […]

आज विश्व हात धुने दिवस

विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो । एक अध्ययनले १३ प्रतिशत नेपालीले […]

नवरात्रीको आज छैटौ दिन, कात्यायनी देवीको पूजाअर्चना गरी मनाइँदै

विराटनगर । बडादशैं अन्तर्गत् आज नवरात्रीको छैटौ दिन आज कात्यायनी देवीको पुजा गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञ यज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा राक्षसबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् […]

दशैंको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटसहित)

काठमाडौं । दशैंको दिन नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो कात्तिक २ गते विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले नेपाली सेनाले निःशुल्क बस चलाउन थालेको हो । दशमीका दिन काठमाडौं उपत्यकाभित्र […]

सुनको भाउले ६० हजार टेक्यो, अझै बढ्ने

विराटनगर । नेपालीका ठूला चाडबाड दसैं–तिहारको मुखमा सुनको भाउ निरन्तर उकालो लाग्नेक्रम जारी छ । आज सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । आइतबार सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज नेपाली बजारमा सुन […]

पोल्याण्डविरुद्ध इटालीको संघर्षपूर्ण जित

एजेन्सी । युुइएफए नेसन्स लिगमा पोल्याण्डविरुद्ध इटालीले संघर्षपूूर्ण जित निकालेको छ । सोमबार बिहानको खेलमा क्रिष्टियानो विरागीले गोल गरेपछि पोल्याण्ड झिनो गोल अन्तरले पराजित भएको हो । नेसन्स लिगको समूह पिसमा रहेका इटाली र पोल्याण्डले प्रतिस्पर्धात्मक खेल खेलेका थिए । जसमा दुुवै टोलीले पहिलो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुुन सकेन भने दोस्रो हाफमा […]

आजदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौँ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हुन् । उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् । सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, […]

सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका ४३ जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए । बिरामी परेकाहरुलाई […]

कांग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौं । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.