माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुल्ने

माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुल्ने

विराटनगर । सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको साधारण सेयर (आइपिओ) कात्तिक १५ गतेदेखि निश्कासन हुने भएको छ।

दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।एक आवेदकले कम्तीमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको र बढीमा १ हजार कित्ता अर्थात १ लाख रुपैयाँसम्मका लागि आवेदन दिन पाउने छ। आफ्नो खाता भएको तथा सिआस्बा सदस्य जुनसुकै बैंकबाट आवेदन दिन सकिनेछ।

प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो ।

यसको बाँडफाँट पश्चात सर्वसाधारणका लागि दोस्रो चरणको सेयर कात्तिक १५ गतेबाट निष्काशन गर्न लागिएको बिक्रि प्रबन्धकले जनाएको छ । यसको बिक्रि प्रबन्धकको काम नागरीक लगानीकोष र सनराइज क्यापिटलले गर्नेछ ।

One response to “माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुल्ने”

  1. Maribel-B says:

    Very interesting subject, regards for putting up.Blog monry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.