सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी

सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका ४३ जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए ।

बिरामी परेकाहरुलाई ज्वरो आउने, टाउको तथा ढाड दुख्ने, बान्ता हुने र पखाला लागेको थियो । आइतबार बिहानबाट गाउँका मानिसहरु बिरामी पर्न थालेपछि उपचारका लागि तत्कालै जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका इञ्चार्ज मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए ।

घटनास्थल जिल्ला सदरमुकामदेखि २५ किलोमिटर टाढा भएकाले उनीहरुलाई प्रहरीले समन्वय गरेर तत्काल उपचारका लागि पठाइएको थियो । पानीपुरी खाएर बिरामी परेका ४३ जनामध्ये ३३ जना उपचारपश्चात् घर फर्किएका छन् भने बाँकी १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार बिरामी परेका सबैले पानीपुरी खाएका थिए । त्यसलगत्तै पानीपुरी बेच्ने स्थानीय जयराम खड्कालाई नियन्त्रणमा लिइएको छ । खड्कासँगै निजले प्रयोग गरेको गोलगप्पा, पानी र इमली पाउडर तथा मसलासमेत बरामद गरिएको छ ।

बरामद सामानहरुको ल्याब परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.