दशैंको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटसहित)

दशैंको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटसहित)

काठमाडौं । दशैंको दिन नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

आउँदो कात्तिक २ गते विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले नेपाली सेनाले निःशुल्क बस चलाउन थालेको हो ।

दशमीका दिन काठमाडौं उपत्यकाभित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा दिने उद्देश्यले ८ वटा रुटहरुमा ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १र१ वटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

यी हुन् रुट :-

रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी ९अस्पताल०, ताहाचल, टेकु, थापाथली ।
रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.