नवरात्रीको आज छैटौ दिन, कात्यायनी देवीको पूजाअर्चना गरी मनाइँदै

नवरात्रीको आज छैटौ दिन, कात्यायनी देवीको पूजाअर्चना गरी मनाइँदै

विराटनगर । बडादशैं अन्तर्गत् आज नवरात्रीको छैटौ दिन आज कात्यायनी देवीको पुजा गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञ यज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा राक्षसबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

अति शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलन छ ।

दशैंका अवसरमा देशभरका शक्तिपिठमा भक्तजनको भिड लागेको छ । उपत्यकाका भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायत शक्तिपीठमा विहानैदेखि दर्शनार्थीको घूईंचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.