आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस

विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो ।

एक अध्ययनले १३ प्रतिशत नेपालीले मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ । नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८८ प्रतिशतको सरसफाइ र खानेपानीको अभाव तथा ठीकसँग हात नधोएकै कारणले हुने गरेको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् ।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वाससम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नपुर्‍याउँदा हरेक वर्ष लाखौं बालबालिकाको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.