Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

2026 Mar 2 2:35 PM 438

विज्ञापन

Birat Cancer Hospital
रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडिरहेको एउटा जिपबाट प्रहरीले मदिरा, चामल र खानेतेलसहितका सामान बरामद गर्दै दुईजनालाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१, सल्लीबजार क्षेत्रबाट उक्त जिप नियन्त्रणमा लिइएको हो। सल्लीबजारबाट सामान बोकेर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई प्रहरीले जाँच गर्ने क्रममा चालक र सवारलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा सिद्धकुमाख गाउँपालिका–४ निवासी २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी (चालक) र ३७ वर्षीय मोहन बीसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार, जिपमा निर्वाचनसँग सम्बन्धित सामग्री हुनसक्ने आशंकामा जाँच गर्दा विभिन्न सामग्री बरामद गरिएको हो।

बरामद गरिएका सामग्रीमा २५ केजीका दुई बोरा चामल, ‘गोल्डेन डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर तथा तीन कार्टुन खानेतेल रहेका छन्।

यस घटनाबारे रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने उक्त सामान स्थानीय व्यापारीको भएको दाबी गरेका छन्। उनका अनुसार, प्रचारप्रसारमा प्रयोग भइरहेको गाडीमा सामान राखिनु व्यापारी पक्षको गल्ती भएको बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?