चतरा । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्बर मन्दिर परिसरमा सम्र्पक कार्यालय खोलेको छ ।
कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचार प्रसार, आन्तकिर तथा बाहय पर्यटकहरुलाई सहज वाताबरण तिर्थ गर्न र चतरा देखि बराहक्षेत्र मन्दिर परिसर सम्म पुग्ने पुर्बाधार निर्माणमा समेत समितीले कामका सहजीकरण शुरु गरीसकेको बृहत्तर बराहक्षेत्र बिकास समितीका कार्याकारी निर्देशक अबिजाल बिष्ट बताएका छन् । बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्र्पक कार्यालय खोली भेटीघाटीलाई ब्यबस्थीत र पारदर्शिता बनाउन लागिएको र यसका लागि डिजिटाईजेशन प्रकियामा जाने कार्याकारी निर्देशकले बताए । सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरुले सहजीकरण गर्ने छन् ।
भेडेटार चोकमा रहेको डिस्प्ले मार्फत बृहत्तर बराहक्षेत्र बिकास समितीले गरिएका अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदेशन हुदै आएको छ । यसै बिराटनगर एयरपोर्टमा रहेको डिस्प्ले मार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरु रामधुनी, श्रीलंका टापु, कोशी करिडियर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, बिष्णपादुका मन्दिर लगायतका पर्यटक क्षेत्रहरुलाई समेत डिस्प्ले मार्फत बिभिन्न स्थानबाट बिराटनगर एयरपोर्ट हुदै आउने यात्रुहरुले हेर्न ब्यबस्था गरिएको छ ।
Share:
Facebook
Twitter
WhatsApp
