Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

2026 Sep 7 1:44 AM 165

विज्ञापन

Birat Cancer Hospital
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

काठमाडौं । ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका ग्राउन्ड फोर्स र पेट्रोल टोली विभिन्न स्थानमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितका केनाइन टोली पनि खोजीमा खटिएका छन्। नेपाल प्रहरीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको अवस्था अवलोकन, निरीक्षण तथा विवरण संकलन गरिरहेको छ ।

विदेशी पर्यटकको उद्धार तथा उनीहरूका बेपत्ता आफन्तको खोजी र सहजीकरणका लागि पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन् । विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ । अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ ।

प्रभावित क्षेत्रमा यातायात सहज बनाउन विभिन्न स्थानमा सडक मर्मत तथा सफाइको काम भइरहेको छ । देवीघाटको तादी खोलामा अस्थायी पुल जडानको काम जारी छ भने गल्छी–देवीघाट सडकखण्डको ठूली खोला नजिक सडकमा जम्मा भएको लेदो हटाउने काम भइरहेको छ ।

देवीघाट–ढुङ्गे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

शव पहिचानमा सहजता ल्याउन सबै शवको डीएनए नमुना संकलन भइरहेको छ । साथै सम्पर्कविहीन व्यक्तिका नजिकका परिवारका सदस्यलाई पनि डीएनए नमुना उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत परिवारका सदस्यको डीएनए नमुना संकलनको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा पुनः सञ्चालन गरी जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रको सञ्चार सेवा लगभग सुचारु भइसकेको छ भने विद्युत् सेवा पनि धेरै स्थानमा पुनः सञ्चालनमा आएको छ ।

खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे समीक्षा गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत बसेको छ ।

त्यसैगरी विषयगत सरकारी निकायका क्लस्टर लिड तथा रसुवा बाढीपछिको खोज, उद्धार र राहत समन्वयका लागि गठित परिचालित टोलीबीच संयुक्त बैठक पनि सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन छिट्टै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै थप जानकारीका लागि नियमित रूपमा जारी गरिने बुलेटिन तथा स्थिति प्रतिवेदन हेर्न आग्रह गरेको छ ।


विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी