Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

विशेष महाधिवेशन उपयुक्त छैन : कांग्रेस कोशीका ८ जिल्ला सभापति

2026 Jan 11 9:17 AM 134

विज्ञापन

Birat Cancer Hospital
विशेष महाधिवेशन उपयुक्त छैन : कांग्रेस कोशीका ८ जिल्ला सभापति

विराटनगर — नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गतका आठ जिल्लाका सभापतिहरूले हालको राजनीतिक अवस्थामा पार्टीको विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। उनीहरूले पार्टीलाई आन्तरिक विवादतर्फ धकेल्नुको सट्टा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुन केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्।

शनिबार संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले प्रतिनिधिसभा विघटनपछिको संवेदनशील राजनीतिक परिस्थिति र फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई ध्यानमा राख्दा विशेष महाधिवेशनको माग व्यवहारिक नदेखिने बताएका हुन्।

विज्ञप्तिमा मोरङ सभापति डिगबहादुर लिम्बु, झापा सभापति देउमान थेबे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा तथा संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीको हस्ताक्षर रहेको छ। यी नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला समूहसँग नजिक मानिन्छन्।

उनीहरूले पार्टी विधानको हवाला दिँदै नियमित महाधिवेशनको प्रक्रिया जारी रहेकै अवस्थामा केन्द्रीय तहमा मात्र सीमित विशेष महाधिवेशन बोलाउनु वैधानिक नभएको स्पष्ट पारेका छन्। “नियमित महाधिवेशन सम्भव नहुँदा मात्र विशेष महाधिवेशनको विकल्प खोजिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “तर अहिले त्यस्तो अवस्था देखिँदैन।”

सभापतिहरूले महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहने व्यवस्था विधानमै रहेको स्मरण गराउँदै पार्टीलाई अन्य भेला, सम्मेलन वा समारोहमा अल्झाउन नहुने धारणा व्यक्त गरेका छन्। मुलुकको सुरक्षा संवेदनशीलता र राजनीतिक स्थायित्वका सन्दर्भमा नेपाली कांग्रेसले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ।

साथै, पार्टीभित्र देखिएका मतभेद तत्काल समाधान गरी विभाजनको जोखिम टार्दै एकताबद्ध रूपमा अघि बढ्न उनीहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

यद्यपि, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को पहलमा विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। अर्कोतर्फ, तेह्रथुमका सभापति अर्जुन तुम्बाम्फे, धनकुटाका दिनेश राई, भोजपुरका विनोद राई र उदयपुरका हिमाल कार्कीलगायतका जिल्ला सभापतिहरू भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला