Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

विशेष महाधिवेशन उपयुक्त छैन : कांग्रेस कोशीका ८ जिल्ला सभापति

2026 Jan 11 9:17 AM 110

विज्ञापन

Birat Cancer Hospital
विशेष महाधिवेशन उपयुक्त छैन : कांग्रेस कोशीका ८ जिल्ला सभापति

विराटनगर — नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गतका आठ जिल्लाका सभापतिहरूले हालको राजनीतिक अवस्थामा पार्टीको विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। उनीहरूले पार्टीलाई आन्तरिक विवादतर्फ धकेल्नुको सट्टा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुन केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्।

शनिबार संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले प्रतिनिधिसभा विघटनपछिको संवेदनशील राजनीतिक परिस्थिति र फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई ध्यानमा राख्दा विशेष महाधिवेशनको माग व्यवहारिक नदेखिने बताएका हुन्।

विज्ञप्तिमा मोरङ सभापति डिगबहादुर लिम्बु, झापा सभापति देउमान थेबे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा तथा संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीको हस्ताक्षर रहेको छ। यी नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइरालाकृष्णप्रसाद सिटौला समूहसँग नजिक मानिन्छन्।

उनीहरूले पार्टी विधानको हवाला दिँदै नियमित महाधिवेशनको प्रक्रिया जारी रहेकै अवस्थामा केन्द्रीय तहमा मात्र सीमित विशेष महाधिवेशन बोलाउनु वैधानिक नभएको स्पष्ट पारेका छन्। “नियमित महाधिवेशन सम्भव नहुँदा मात्र विशेष महाधिवेशनको विकल्प खोजिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “तर अहिले त्यस्तो अवस्था देखिँदैन।”

सभापतिहरूले महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहने व्यवस्था विधानमै रहेको स्मरण गराउँदै पार्टीलाई अन्य भेला, सम्मेलन वा समारोहमा अल्झाउन नहुने धारणा व्यक्त गरेका छन्। मुलुकको सुरक्षा संवेदनशीलता र राजनीतिक स्थायित्वका सन्दर्भमा नेपाली कांग्रेसले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ।

साथै, पार्टीभित्र देखिएका मतभेद तत्काल समाधान गरी विभाजनको जोखिम टार्दै एकताबद्ध रूपमा अघि बढ्न उनीहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

यद्यपि, कांग्रेस महामन्त्री गगन थापाविश्वप्रकाश शर्मा को पहलमा विशेष महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। अर्कोतर्फ, तेह्रथुमका सभापति अर्जुन तुम्बाम्फे, धनकुटाका दिनेश राई, भोजपुरका विनोद राई र उदयपुरका हिमाल कार्कीलगायतका जिल्ला सभापतिहरू भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न