Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

समावेशिता र संघीयतामा सहमति नजुटेपछि रास्वपासँगको एकता असफल

2026 Jan 11 9:02 AM 98

विज्ञापन

Birat Cancer Hospital
समावेशिता र संघीयतामा सहमति नजुटेपछि रास्वपासँगको एकता असफल

विराटनगर — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले समावेशिता, संघीय व्यवस्था र संविधानले सुनिश्चित गरेका आधारभूत सिद्धान्तमा साझा समझदारी नबन्न सकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया अन्ततः टुटेको बताएका छन्।

रास्वपासँगको सहकार्य औपचारिक रूपमा अन्त्य भएपछि शनिबार साँझ बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकबाट अध्यक्षमा चयन भएका घिसिङले पार्टी एकताका लागि गरिएको प्रयास अन्तिम चरणमा पुगेर असफल भएको जानकारी दिए। उनका अनुसार संघीयता र समावेशितालाई केन्द्रमा राखेर थप पूरक समझदारी गर्ने प्रस्तावमा सुरुमा सहमति देखिए पनि अन्त्यमा रास्वपा नेतृत्व पछि हटेको थियो।

घिसिङले पुस १४ गते रास्वपासँग सातबुँदे लिखित सहमति भएको स्मरण गराउँदै भने, “त्यसपछि संविधानले परिकल्पना गरेका संरचनागत विषयहरू सुनिश्चित गर्न पूरक सम्झौता गरौँ भन्ने प्रस्ताव राखेका थियौँ। प्रारम्भिक चरणमा सकारात्मक संकेत आए पनि अन्तिम निर्णयको बेला सहमति हुन सकेन।”

उनका अनुसार एकता र सहकार्यको नाममा रास्वपाले लामो समयसम्म स्पष्ट निर्णय नगर्दा उज्यालो नेपाल पार्टीको संगठन र कार्यकर्तामा नकारात्मक असर परेको छ। “हामी धेरै विषयमा लचक हुन तयार थियौँ, तर निर्णय प्रक्रियामा ढिलाइ हुँदा पार्टीले ठूलो मूल्य चुकाउनु पर्‍यो,” उनले बताए।

पद र जिम्मेवारीको सौदाबाजी गरेको भन्ने आरोपलाई खारेज गर्दै घिसिङले आफू वरीयतामा तल रहेर उपाध्यक्षको भूमिकामा काम गर्नसमेत तयार रहेको स्पष्ट पारे। उनले अन्तिम चरणमा रास्वपाको साधारण सदस्य भएर रहने र आफ्ना केही केन्द्रीय सदस्यलाई समायोजन गर्न अनुरोध गरेको जानकारी पनि दिए। तर ती प्रस्तावलाई बेवास्ता गर्दै रास्वपाले एकपक्षीय रूपमा सहकार्य अन्त्यको घोषणा गरेको घिसिङको दाबी छ।

रास्वपासँगको सहकार्य टुटेपछि बसेको आकस्मिक केन्द्रीय समिति बैठकले घिसिङलाई पार्टी अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। पार्टीका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय संरक्षकको भूमिकामा रहने निर्णय भएको छ।

अध्यक्ष घिसिङले अब आफ्नो नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्ने र समावेशिता, संघीयता तथा संविधानको प्रभावकारी कार्यान्वयनलाई राजनीतिक एजेन्डाको केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टी आफ्नै चुनाव चिन्ह ‘चिम’ लिएर प्रतिस्पर्धामा उत्रने उनले बताए।

समावेशी र संघीय संरचनालाई व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले ती मूल्यमान्यतामा कुनै सम्झौता नहुने अडान पुनः दोहोर्‍याए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न