Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

मोरङमा रास्वपाबाट चुनाव लड्न चाहनेको चासो बढ्दो

2026 Jan 6 1:31 PM 120

विज्ञापन

Birat Cancer Hospital
मोरङमा रास्वपाबाट चुनाव लड्न चाहनेको चासो बढ्दो

विराटनगर — २०७९ सालको निर्वाचनपछि राजनीतिको केन्द्रमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेद्वार बन्न चाहनेहरूको चासो मोरङमा उल्लेखनीय रूपमा बढेको छ। हालसम्म जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट १६ जनाले उम्मेद्वारीका लागि निवेदन बुझाइसकेको रास्वपा मोरङका कोषाध्यक्ष सन्तोष सिंहले जानकारी दिए।

उनका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ र २ बाट समान रूपमा तीन–तीन जनाले आवेदन दिएका छन्। क्षेत्र नम्बर ३ बाट सुनिलदत्त अधिकारीसहित तीन जनाको निवेदन परिसकेको छ भने थप तीन जना आवेदन दिने तयारीमा छन्। यस्तै, क्षेत्र नम्बर ४ बाट तेजलाल कर्णसहित तीन जनाले निवेदन बुझाएका छन् भने दुई जना प्रक्रियामा छन्। क्षेत्र नम्बर ५ बाट दुई जनाले निवेदन दिएका छन् भने क्षेत्र नम्बर ६ बाट यादव प्रधान र गुनानन्द महतो गरी दुई जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन्।

‘अहिलेसम्म आवेदन आउने क्रम रोकिएको छैन,’ सिंहले भने, ‘अझै दुई दिन समय बाँकी रहेकाले उम्मेद्वारको संख्या थप बढ्न सक्छ।’

यसैबीच, रास्वपा कोशी प्रदेश संयोजक सरिन तामाङले पार्टीको उम्मेद्वार छनोट प्रक्रिया पुराना दलको जस्तो नभएको स्पष्ट पारिन्। उनका अनुसार पार्टीमा अन्तिम उम्मेद्वार ‘प्राइमरी निर्वाचन’ बाट तय गरिनेछ।

‘अनलाइन फारम भरेपछि यदि कुनै क्षेत्रमा एक जनामात्रै उम्मेद्वार भए भने प्राइमरी आवश्यक पर्दैन,’ तामाङले भनिन्, ‘तर दुई वा सोभन्दा बढी आकांक्षी भएमा प्रारम्भिक निर्वाचनमा सहभागी हुनैपर्छ भन्ने व्यवस्था हाम्रो कार्यविधिमा छ।’

पार्टीले समानुपातिक उम्मेद्वारका लागि ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फ उम्मेद्वार बन्न २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ। यद्यपि आर्थिक रूपमा कमजोर तर समाज र देशका लागि योगदान पुर्‍याएका व्यक्तिलाई भने शुल्कमा छुटको व्यवस्था गरिएको तामाङले बताइन्।

‘यदि सक्षम र योगदानशील व्यक्ति राजनीतिमा आउन चाहन्छन् तर आर्थिक अवस्था कमजोर छ भने, स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा दर्ता शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ,’ उनले भनिन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न