बिराटनगर । नागरीक समाज र नेपाल पर्यटन फेडेरेशनको सयुक्त रुपमा अन्तराष्ट्र्रिय बिराटनगर बिमानस्थलको बिस्तार कार्यको लागि जग्गा अधिग्रहणको कार्य स्थगन गर्ने परमादेश सरकारको निणर्य बिरुद्धमा बिशाल जन बिरोध सभा सम्पन्न गरेको छ ।
बिराटनगरको ट्र्राफिक चोकमा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्दै नेपाल पर्यटन फेडेरेशनका केन्द्रिय अध्यक्ष तथा नेपाल प्रहरीका पुर्ब एस एस पी रेबत बहादुर थापाले विराटनगर विमानस्थल विस्तारको काम रोक्नु भनेको सारा पुर्बका नेपाली जनतालाई लात हान्नु हो । बिकास हुनबाट रोक्नु हो । बिकास भयो भने पुर्बतिरको पर्यटनमा सहयोग पुग्छ र उद्योग धन्दा साथै बजार गूल्जार हुन्छ तसर्थ यस्तो गतिबिधी रौक्न सक्यो भने पश्चिम तिर बिकास गर्न सकिन्छ भन्ने संकिन्र्न सोच भएको नेपाली काँग्रेसको सभापति कै कारण हो । देउवाले नै पुर्बको बिकास हुन दिदैनन् अनि उनका पछि लाग्ने बिराटनगर पुर्बका हाउरे भाउरेहरु नेताहरु नत मस्तक हुन्छन् तसर्थ यस्ता नेतालाई आगामी चुनाबमा जनताले तिरस्कार गर्नु पर्छ । अनि मात्र नेपाल आमा प्रति सच्चा भएको प्रमाणित हुन्छ सो कार्यक्रमलाई एस एस पी थापाले सम्बोधन गर्नु भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६।४६ बिघा जग्गा रोक्का गरिएको हो । त्यसका लागि ८ सय ९ जना स्थानीयको १ हजार २६७ कित्ता रोक्का जग्गा रोक्का गरिएको थियो । मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णय अनुसार विमानस्थल विस्तारको लागि नागरिक उड्डयन प्राधिकरणलाई जग्गा अधिग्रहण गर्न दिइएको स्वीकृति स्थगीत गरेको छ ।
विराटनगरको समृद्धि र विकाससँग जोडिएको महत्त्वपूर्ण विराटनगर विमानस्थलको बिस्तार तत्काल निर्णय गरेर अघि बढ्नु पर्नेमा गठबन्धन सरकारले मुआब्जा नदिने निर्णय गरेर विराटनगरको विकासलाई नै रोकेको रेबत बहादुर थापाले बताए ।
कार्यक्रममा राप्रपा केन्द्रिय सल्लाहकार दिलिप धाडेवा, जिल्ला नेता राजकुमार कार्की, राप्रपाका केन्द्रिय महासचिब दिनेश शाह लगायतले बिमानस्थलको बारेमा आफना धारणा राखेका थिए । कार्यक्रम युवा नेता मन्टु पासवानले सञ्चालन गरेका थिए ।
‘तुरुन्त मुआब्जा दिएर बिस्तार गर्नुको साटो प्रदेश १ साथै विराटनगरबासीको मुटुमा प्रहार गरेको छ ।’ भन्दै अध्यक्ष रेबत बहादुर थापाले बिकास बिरोधी गठबन्धन सरकारलाई विमानस्थल विस्तारको काम तत्काल सुरु गर्न माग समेत गरेका छन् ।
बिराटनगर बिमानस्थल स्थगनबारे नागरीक समाज र नेपाल पर्यटन फेडेरेशनको बिरोध सभा सम्पन्न
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11
