Live
| शनिबार, भदौ १२, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, विश्व/ प्रवास

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

2026 Apr 13 6:21 PM 358

विज्ञापन

Birat Cancer Hospital
हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङ / नेपालको धरानबाट प्रकाशित हुने 'ब्लाष्ट दैनिक'का सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित हुनुभएको छ। गत अप्रिल ५ तारिखका दिन आयोजित 'पुर्खा दिवस'को आयाेजित कार्यक्रममा गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्।

'द नेप्लिज् एशोसिएशन हङकङ' र 'नेपाल क्लव हङकङ' द्वारा विहीबार एभेरेष्ट हाेटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।सम्मान कार्यक्रममा द नेप्लिज् एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापाहङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, पूर्व अध्यक्ष हेम राई, र नेपाल क्लव हङकङकी अध्यक्ष रीता गुरूङलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

सो अवसरमा बोल्दै हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष हेम राईले पत्रकारिता क्षेत्रले समाजको ऐनाका रूपमा काम गर्ने उल्लेख गर्दै कार्कीलाई पत्रकारितामार्फत समाज परिवर्तनको यात्रालाई निरन्तर जारी राख्न सुझाव र शुभकामना दिनुभयो।

हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष नारद राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा याउ चिम मङ (Yau Tsim Mong) डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरूङ, समाजसेवी कुलबहादुर गुरूङ, शिक्षासेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टङ्क राना, गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रवासको व्यस्त भूमिमा पनि आफ्नै आँगनको सुवास र आत्मीयता महसुस गराउँदै गरिएको यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सधैं प्रेरणा दिइरहने नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व सचिवसमेत रहनु भएका कार्कीले बताउनुभयो। हङकङमा रहेका नेपाली संस्थाहरूको यो प्रेम र सद्भावले प्रवास र स्वदेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँले बताउनु भयाे । 

पत्रकार कार्की ट्रष्टकाे निमन्त्रणामा गत अप्रिल ३ तारिक दुई हप्ताका लागि हङकङ आउनु भएकाे थियाे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न