Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका असाधारण ः केपी ओली 

2024 Jan 13 2:36 PM 112

विज्ञापन

Birat Cancer Hospital
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका असाधारण ः केपी ओली 
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक संगठन र संस्थासंग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने बताएका छन् । उनले आफ्नो अस्थित्व सहित अरुसंग सहकार्य गर्न र सहभागीता जनाउन निर्देशन दिएका छन् । अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् । उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् । तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन । अध्यक्ष ओलीले तल्लो स्तर सम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिए । एमाले अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरके परिवर्तनमा ठुलो योगदान गरेका बताए । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ । २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताए । नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनको भनाई छ । पुरुषहरु अवसरको पछि लाग्दा महिला नेता कार्यकर्तामा राजनीतिक स्पष्टता र आत्मविश्वास देखेर आफु निकै खुसी भएको ओलीले सुनाए । अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिइन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिए । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उनको भनाई थियो । बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला