Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

समाजसेवी गोयलले झापाको भद्रपुरमा १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण

2024 Jan 13 9:04 PM 140

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी गोयलले झापाको भद्रपुरमा १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण
बिराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् । भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा घरबारविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए । उनले सोही कोलोनीमा बसोबास गर्दै आएका १४ र बाहिरको १ गरी १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् । वितरण कार्यक्रममा समाजसेवी गोयलका प्रतिनिधिकका रूपमा उपस्थित गौतमबुद्ध स्कुलका प्रधानाध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुन्डुले उक्त सामग्री वितरण गरेका थिए । मानी र कुन्डुले १५ परिबार सबैलाई प्रति परिबार चामल २५, मसुरो दाल ३, आलु ५, नुन ५, सखर ३ र मुरई (भुजा) ३ किलो प्रदान गरे । त्यस्तै प्रति परिवार तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो । समाजसेवी गोयलले स्वर्गीय ओमप्रकाशका नाममा १ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिदिएको कोलोनीको उदघाटन गत वैशाख १० गते गरिएको थियो । नगरपालिकाको समन्वयमा उक्त स्थानलाई ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ । गोयलबाट खाद्यसामग्री प्राप्त गर्नेमा राजो माझी, श्याम माझी, रमेश माझी, शर्मिला माझी, प्रमिला माझी, धन राजवंशी र निर्मला राजवंशी छन् । त्यस्तै भेलासरी राजवंशी, विमला माझी, सुमित्रा माझी, सलबहादुर दास, लखन माझी, सेवानन्द माझी, रबिन माझी र शान्ति माझीलाई पनि उक्त सामग्री प्रदान गरियो । समाजसेवी गोयलले केही दिनअघि उक्त १५ परिवार सबैलाई न्यानो कम्बल उपलब्ध गराएका थिए । कार्यक्रम वडाध्यक्ष रतिया राजवंशीका अध्यक्षतामा सम्पन्न भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न