Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

2024 Jul 21 9:21 AM 75

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने
बिराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्।  त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आज नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने बताएको छ । नाउपा संसदीय दलका नेता गङ्गा चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको जनाए । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप लगाइसकेको समेत उनले जनाए । ‘हामीले मन्त्री पाउने नपाउने भन्ने विषय मात्रै होइन हाम्रा पनि माग र मुद्दा छन्, संसदीय दलका नेता चौधरीले भने, ‘हामीले विश्वासको मत दिने निर्णय गरिसकेका छौँ । ह्विप पनि लगाइसकेका छौँ ।’ नाउपाका केन्द्रमा चार सांसद छन्  /  अहिले कांग्रेस एमाले जसपा र लोसपा मात्रै सरकारमा छन् ।   २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् ।   दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली काङ्ग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?