Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

अख्तियारका पदाधिकारी हटाउन भ्रष्ट डीजीदेखि को-कसको चलखेल ?

2025 Oct 7 2:49 PM 116

विज्ञापन

Birat Cancer Hospital
अख्तियारका पदाधिकारी हटाउन भ्रष्ट डीजीदेखि को-कसको चलखेल ?
काठमाडौं । भ्रष्ट, विवादास्पद र बदनाम निजामती सेवा, सुरक्षा निकायका केही कर्मचारी र कानुन व्यवसायीहरूले प्रायाेजित रूपमा जेनजीका युवाहरूलाई परिचालन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका पदाधिकारीहरूलाई गैरसंवैधानिक ढंगले हटाउन चलखेल र षडयन्त्र गरिरहेको खुलासा भएको छ । उनीहरूले जेनजी माेमेन्ट एलाइन्सका केही युवाहरू अजित खनाल उर्जा, रिजन राना मगर, पेमा बाङ्बाे लामा र माेनिका लगायतलाई उपयाेग गरि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तकाे राजिनामा माग्दै आज असाेज २१ गते बिहान अख्तियारमा निवेदन दर्ता गराएका छन् ।
अख्तियार प्रमुख प्रेम राईसहितका आयुक्तलाई जबरजस्ती राजीनामा गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदीप अधिकारीले समेत चलखेल गरिरहेको स्रोतको दाबी छ ।
वायु सेवा नियमनकारी निकायको प्रमुख बनेका अधिकारीले नेपालमा हुने विमान दुर्घटनादेखि अन्य विषयमा गरेका अनियमिततामा अख्तियारले अनुसन्धान गरिरहेको बेला षडयन्त्रपूर्वक आफ्ना मुद्दालाई पन्छाउन उनले ठूलो रकमको चलखेल गरेको स्रोतको दाबी छ । जसमा मोनिका जस्ता युवतिलाई उनले प्रयोग गरेको स्रोतको दाबी छ । जेनजी एलायन्सको नाममा हिडेका उनीहरु प्राय अधिकारीले नै परिचालन गरेको स्रोतको दाबी छ । अधिकारीसंगै अख्तियारले विस्तृत अध्ययन गरिरहेका व्यक्ति तथा उच्चपदस्थहरुले आफ्नो अनुसन्धान रोक्नका लागि नै षडयन्त्र गरेको र ठूलो आर्थिक परिचालन समेत गरेको स्रोतको दाबी छ । अख्तियार प्रमुख वा आयुक्तहरुको नियुक्ति नै संवैधानिक आयोग अन्तर्गत हुने र यसको वैधतामा समेत सर्वोच्चले प्रमाणीकरण गरिसकेको बेला माग्न थालिएको राजीनामाले ठूलो शंका उत्पन्न गराएको छ । अख्तियारमा एल १६४०२ नंम्बरकाे निवेदनमा संवैधानिक परिषदबाट सिफारिस भई कानुन बमाेजिम नियुक्त भएका पदाधिकारीहरूलाई जबर्जस्ती राजिनामा दिन भनिएकाे छ।
संविधान र कानुन अनुसार सिफारिसभई नियुक्त भएका आयाेगका पदाधिकारीहरूकाे राजिनामा माग्न पाइदैन। अझ उनीहरूकाे नियुक्तिलाई सर्वाेच्च अदालतले समेत वैद्य भनी फैसला गरिसकेकाे अवस्थामा राजिनामा माग्नु संविधान सम्मत हुँदैन्। संविधान र कानुन बमाेजिम भ्रष्टाचार नियन्त्रण र राेकथामका लागि सक्रिय भैरहेकाे निकायका पदाधिकारीहरूकाे राजिनामा माग्नुमा केही भ्रष्ट, बदनाम र विवादास्पद छवीका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूकाे त्यहाँ नियुक्ति खाने मनसायले यस्ताे माग गर्न लगाइएकाे बुझिएकाे छ।
विश्वभर भएका सत्तापलटका आन्दोलनपछि विद्यमान राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, सरकार र संसद विघटन हुने गरेका छन। निजामती कर्मचारी र संवैधानिक आयाेगका पदाधिकारीहरूलाई कारवाही गरेकाे वा हटाएकाे ईतिहास पाइदैन। श्रीलंका र बंगलादेशमा पनि त्यस्तै भएकाे थियाे। तर नेपालमा भने जेनजी आन्दोलनले नमागेकाे माग उचालेर अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तहरूकाे राजिनामा एकाएक मागिएकाे छ। उनीहरूलाई राजिनामा माग्न बाध्य पारेर आफुहरूकाे नाम सिफारिस गर्ने र विना प्रमाण जथाभावी छानवीन अनुसन्धानगरि बदलाभाव राखेर कारवाही गर्ने मनसाय रहेकाे स्राेतले बताएकाे छ। यस कार्यमा केही सचिव, पुर्व सचिव र पुर्व सुरक्षा निकायका उच्च अधिकारीहरू लागेकाे समाचार स्राेतले बताएकाे छ।
जेनजी आन्दोलनका युवाहरूलाई समेत प्रायाेजित रूपमा अगाडि सारी गैरसंवैधानिक र गैर कानुनी राजिनामा माग गरिएकाेमा वास्तविक जेनजीका युवा, संविधानविद्, कानुनविद्, बाैद्विक व्याक्तित्व र राजनीतिक पर्यवेक्षणहरूले गैरसंवैधानिक र गैरकानुनी भनी टिप्पणी गर्दै आएका छन।
अख्तियारले कानुन सम्मत रूपमा भ्रष्टाचार गर्ने कर्मचारी, सांसद, मन्त्री,पुर्वमन्त्री र सरकारी कर्मचारी तथा पदाधिकारीहरू माथि भ्रष्टाचार र अकुत सम्पत्तिका उजुरीहरूमा कानुन सम्मत रूपमा छानवीन र अनुसन्धानगरि प्राप्त प्रमाणका आधारमा दाेषी देखिएकाे अवस्थामा विशेष अदालतमा मुद्दा दर्ता गरिरहेकाे अवस्थामा कसैलाई बदलाकाे भावना राखि सडककाे मागकै आधारमा पुर्वाग्रही रूपमा भ्रष्टाचारको मुद्दा चलाउनु उपयुक्त हुँदैन। आयाेगमा जाे प्रमुख आयुक्त र आयुक्त भएपनि त्यसरी काम गर्दैनन। अहिले अख्तियारका पदाधिकारीहरूकाे राजिनामा माग्नुकाे पछाडि रिक्त पदमा आफू नियुक्ति हुन केही भ्रष्ट आचरण,बदनाम र विवादास्पद छविका पुर्व सचिव र सचिवहरू लागेकाे प्रष्ट भएकाे छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न