Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

कांग्रेस विशेष महाधिवेशनअघि आज काठमाडौंमा जुलुस

2026 Jan 11 10:00 AM 127

विज्ञापन

Birat Cancer Hospital
कांग्रेस विशेष महाधिवेशनअघि आज काठमाडौंमा जुलुस

२७ पुस, काठमाडौं — नेपाली कांग्रेस को विशेष महाधिवेशनको समर्थनमा रहेका नेता–कार्यकर्ताले उद्घाटन सत्रअघि आज काठमाडौंमा जुलुस निकाल्ने भएका छन्। महाधिवेशन आज मध्यान्ह १२ बजे भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु हुने कार्यतालिका रहेको छ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोह सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला हुने तयारी गरिएको हो। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले सबै रुटका जुलुस बिहान ११ बजे आ–आफ्ना स्थानबाट प्रस्थान गर्ने जानकारी दिएको छ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि उद्घाटन समारोह सुरु हुनेछ भने आजै बन्दसत्रसमेत आरम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यक्रम छ।

जुलुसका तय गरिएका मार्गहरू

रुट १ : सुन्धारा

सुन्धाराबाट सुरु हुने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्। काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का कार्यकर्ता पनि यही समूहमा रहनेछन्। जुलुस वीर अस्पताल र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।

रुट २ : रत्नपार्क

रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भेग र निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस पुरानो बसपार्क हुँदै महाधिवेशन स्थलतर्फ जानेछ।

रुट ३ : पद्मकन्या क्याम्पस

पद्मकन्या क्याम्पसबाट सुरु हुने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन्। पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै यो जुलुस भृकुटीमण्डप पुग्नेछ।

रुट ४ : शंकरदेव क्याम्पस

शंकरदेव क्याम्पस आसपास जम्मा हुने यो जुलुसमा भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता रहनेछन्। पुतलीसडक र पद्मोदय मोड हुँदै जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट ५ : कमलपोखरी

कमलपोखरीबाट सुरु हुने जुलुसमा काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस चारखाल, डिल्लीबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ जानेछ।

रुट ६ : कुपण्डोल

ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुनेछन्। यो जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने कार्यक्रम छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न