Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

मोरङमा रास्वपाबाट चुनाव लड्न चाहनेको चासो बढ्दो

2026 Jan 6 1:31 PM 140

विज्ञापन

Birat Cancer Hospital
मोरङमा रास्वपाबाट चुनाव लड्न चाहनेको चासो बढ्दो

विराटनगर — २०७९ सालको निर्वाचनपछि राजनीतिको केन्द्रमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेद्वार बन्न चाहनेहरूको चासो मोरङमा उल्लेखनीय रूपमा बढेको छ। हालसम्म जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट १६ जनाले उम्मेद्वारीका लागि निवेदन बुझाइसकेको रास्वपा मोरङका कोषाध्यक्ष सन्तोष सिंहले जानकारी दिए।

उनका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ र २ बाट समान रूपमा तीन–तीन जनाले आवेदन दिएका छन्। क्षेत्र नम्बर ३ बाट सुनिलदत्त अधिकारीसहित तीन जनाको निवेदन परिसकेको छ भने थप तीन जना आवेदन दिने तयारीमा छन्। यस्तै, क्षेत्र नम्बर ४ बाट तेजलाल कर्णसहित तीन जनाले निवेदन बुझाएका छन् भने दुई जना प्रक्रियामा छन्। क्षेत्र नम्बर ५ बाट दुई जनाले निवेदन दिएका छन् भने क्षेत्र नम्बर ६ बाट यादव प्रधान र गुनानन्द महतो गरी दुई जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन्।

‘अहिलेसम्म आवेदन आउने क्रम रोकिएको छैन,’ सिंहले भने, ‘अझै दुई दिन समय बाँकी रहेकाले उम्मेद्वारको संख्या थप बढ्न सक्छ।’

यसैबीच, रास्वपा कोशी प्रदेश संयोजक सरिन तामाङले पार्टीको उम्मेद्वार छनोट प्रक्रिया पुराना दलको जस्तो नभएको स्पष्ट पारिन्। उनका अनुसार पार्टीमा अन्तिम उम्मेद्वार ‘प्राइमरी निर्वाचन’ बाट तय गरिनेछ।

‘अनलाइन फारम भरेपछि यदि कुनै क्षेत्रमा एक जनामात्रै उम्मेद्वार भए भने प्राइमरी आवश्यक पर्दैन,’ तामाङले भनिन्, ‘तर दुई वा सोभन्दा बढी आकांक्षी भएमा प्रारम्भिक निर्वाचनमा सहभागी हुनैपर्छ भन्ने व्यवस्था हाम्रो कार्यविधिमा छ।’

पार्टीले समानुपातिक उम्मेद्वारका लागि ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फ उम्मेद्वार बन्न २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ। यद्यपि आर्थिक रूपमा कमजोर तर समाज र देशका लागि योगदान पुर्‍याएका व्यक्तिलाई भने शुल्कमा छुटको व्यवस्था गरिएको तामाङले बताइन्।

‘यदि सक्षम र योगदानशील व्यक्ति राजनीतिमा आउन चाहन्छन् तर आर्थिक अवस्था कमजोर छ भने, स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा दर्ता शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ,’ उनले भनिन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला