Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

मोरङ काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने

2018 Jul 22 7:26 AM 72

विज्ञापन

Birat Cancer Hospital
मोरङ काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने
विराटनगर । नेपाली काँग्रेस मोरङ सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने भएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले तल्लो तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । प्रमुख विपक्षीको रुपमा रहेको काँग्रेसले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागितालगायत विषयमा निर्णय गरेको छ । पार्टी सचिव मोदराज घिमिरेले भने,‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५ विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’ घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटांगमा १२ बजे, विपी सेवा केन्द्र डायनिया १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताए । भने,‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट सुरु गर्दैछौं ।’ क्रियाशील कार्ड वितरण गर्न विरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा कार्ड वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ । केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा श्रावण १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । यसैगरी पूर्वलोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काँग्रेसले निर्णय गरेको छ । काठमाडौमा भएको नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईंलगायत माथि भएको धरपडकको भत्र्सनासमेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बेठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि उपस्थित थिइन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?