Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

काँकडभिट्टा-फूलबारी-बंगलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा

2023 May 12 2:00 PM 63

विज्ञापन

Birat Cancer Hospital
काँकडभिट्टा-फूलबारी-बंगलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा
झापा। नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बङ्गलादेशको सीमानाका बङ्गलाबन्ध रहेको छ । पच्चीस वर्षअघि नेपाल र बङ्गलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बङ्गलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । यसलाई नेपाल बङ्गलादेश पारवहन मार्गको रुपमा चिनिन्छ । भूगोलका हिसाबले नेपालभन्दा सानो बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बङ्गलादेशको अथाह बजारलाई भौगोलिकरुपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन ।नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का नेपालसँग व्यापार सहजीकरणका लागि बङ्गलादेश निकै अग्रसर रहेको आफूले अनुभूति गरेको बताउनुहुन्छ । “पच्चिस वर्षे व्यापार अवधिमा घाटा धेरै भयो होला”, नेपाल अदुवा उत्पादक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्का भन्नुहुन्छ, “नेपालबाट बङ्गलादेशमा सजिलै बजार पाउन सक्ने थुप्रै उत्पादन हामीसँग छन् । नेपालले त्यसको सही पहिचान गरेर निर्यातलाई प्रोत्साहित गर्ने ठोस कार्यक्रम ल्याउन सक्नुपर्छ ।” बङ्गलादेशमा नेपालको कृषि उत्पादनमध्ये अदुवा, अलैँची र अम्रिसोको ठूलो सम्भाव्यता छ । बङ्गलादेशका व्यवसायी नेपाली उत्पादन आओस् भन्ने पक्षमा रहे तापनि तेस्र्रो मुलुकसम्म सामान लैजान नसकिएको खड्का बताउनुहुन्छ । नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन पारवहन मार्गमार्फत विगत २५ वर्षमा दुवै देशले व्यापारिक सहकार्यको अनुपम अनुभव हासिल गरेको बताउनुहुन्छ । “यस अवधिमा के कस्ता सामान आयात र निर्यात भयो, त्यसमा बजारको प्रतिक्रिया कस्तो रह्यो भन्ने विषयमा अब समीक्षा जरुरी छ”, बङ्गलादेशसँगको व्यापार प्रवद्र्धनमा निजी क्षेत्रबाट ठूलो योगदान पुर्याउनुभएको जैनले भन्नुभयो, “काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गलाई अझ सुविधाजनक बनाउँदै व्यापारलाई दुवै देशका लागि लाभदायी बनाउन सरकार र निजी क्षेत्रले ध्यान दिन आवश्यक छ ।” उहाँका अनुसार नेपालको अलैँची, अदुवा, सुन्तला, जडीबुटी, चियालगायतका कृषि वस्तुको बङ्गलादेश निर्यातको अथाह सम्भावना छ । अझ नेपालको ढुङ्गा र गिट्टीसमेत बङ्गलादेश निर्यात गर्न सकिने अवसर छ । हालसम्म बङ्गलादेशले भारत र भुटानबाट ढुङ्गा र गिटी आयात गर्दै आएको छ । यस्तो छ २५ वर्षे उतारचढाव विसं २०५४ भदौ १४ गते पूर्वी नाका काँकडभिट्टामा नेपाल र बङ्गलादेशका परराष्ट्र मन्त्रीहरुको उपस्थितिमा काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको विधिवत् उद्घाटन भएको थियो । त्यतिबेला नेपालको व्यापारले बङ्गलादेशमा राम्रो नाफा गर्छ भन्ने आँकलनसमेत थियो तर सुरुकै वर्ष परिणाम निराशाजनक निस्कियो । आव २०५४÷५५ मा नेपालले रु ११ लाख ५७ हजार ७६० मूल्य बराबरको मात्र मालसामान बङ्गलादेश निर्यात गर्न सक्यो भने बङ्गलादेशले रु एक करोड ३१ लाख २६ हजार दुई सय ७४ मूल्य बराबरको मालसामान नेपालमा पठायो । बङ्गलादेशसँगको व्यापार पहिलो वर्षदेखि नै घाटामा गयो । पछिल्ला वर्षहरुमा नेपालले व्यापारमा उल्लेखनीय सन्तुलन ल्याउने प्रयास गरेको थियो । यसका कारण आव २०७५÷७६ मा आइपुग्दा नेपालले १७ प्रकारका मालसामान बङ्गलादेशमा निर्यात गर्न थालिसकेको थियो । त्यतिबेला बङ्गलादेश निर्यात हुने प्रमुख वस्तुहरुमा मुसुरो दाल, अम्लिसो, कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोजलगायत थिए । नेपालले १७ प्रकारका मालसामान बङ्गलादेश निर्यात गर्दा उसले भने नेपाल पठाउने मालसामानको सङ्ख्या एक सय ५१ पु¥याइसकेको थियो । त्यससमध्ये सबैभन्दा बढी बङ्गलादेशले हल्का पेय पदार्थ नेपालमा पठाएको देखिन्छ । नेपालमा आयात हुने त्यस्ता मालसामानमा सोलार उपकरण, रनर मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलु चिप्स, चकलेट, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस्, नरिबल तेललगायत थिए । दोस्रो दशकमा आइपुग्दा नेपालले बङ्गलादेशमा निर्यात गर्ने मालसामानको सूची निकै साँघुरो बन्दै गयो । व्यापार पनि खुम्चिएर आकारमा निकै सानो भइसकेको छ । अहिलेसम्ममा ४५ अर्ब घाटा पारवहन मार्ग सञ्चालन भएयताको २५ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको देखिन्छ । मेची भन्सार कार्यालयको तथ्याङ्क विश्लेषण गर्दा यस अवधिमा नेपालले रु ३६ अर्बभन्दा बढी मूल्यको नेपाली उत्पादन बङ्गलादेशमा निर्यात गरेको देखिन्छ ।सो अवधिमा नेपालले रु ८१ अर्ब मूल्य बराबरको बङ्गलादेशी मालसामान नेपालमा आयात गरेको छ । नेपालले सो अवधिमा बङ्गलादेशसँगको व्यापार घाटामा सुधार ल्याउन सकेन । आव २०७५/७६ देखि बङ्गलादेशसँगको व्यापार घाटा निकै फराकिलो हुँदै गएको छ । आव २०७९÷८० को चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा विगत पाँच आर्थिक वर्षमा नेपालले बङ्गलादेशसँग रु २८ अर्ब व्यापार घाटा गरेको छ । त्यसअघिको २० वर्षमा कूल व्यापार घाटा रु १७ अर्ब मात्र रहेको थियो । पछिल्ला वर्षहरुमा बङ्गलादेशमा नेपालको निर्यात व्यापार निकै रफ्तारमा ओरालो लाग्दै गएको छ । मुसुरो दालले धानेको निर्यात मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार नेपालबाट बङ्गलादेशमा धेरै निर्यात हुने सामानमा मुसुरो दाल रहेको छ । त्यसपछि पशु आहारको कच्चा पदार्थ, तयारी खाद्य पदार्थ, अदुवा र जडीबुटी बङ्गलादेश निर्यात हुन्छ । दालको निर्यात घटनासाथ व्यापार घाटा फराकिलो बन्न थालेको हो । बङ्गलादेशबाट जुट तथा जुटबाट बनेका सामान, भटमासको पिना, कपडा, फलफूलका जुस, कस्मेटिकका सामान र चकलेट नै भारी मात्रामा आयात हुने गरेको छ । बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि नेपाल सरकारले काँकडभिट्टामा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको कार्यालय नै सञ्चालन गरिरहेको छ । आयात र निर्यात हुने दुवै प्रकृतिका मालसामान ल्याउन र पठाउन कम्पनीको कार्यालयले काँकडभिट्टाबाट ५४ किलोमिटर टाढा भारतको फूलबारी नाकासम्म कर्मचारी खटाउने गरेको कम्पनीको काँकडभिट्टा शाखा कार्यालयका प्रमुख रोमनकुमार श्रेष्ठले बताउनुभयो । “नेपालबाट बङ्गलादेशमा सामान निर्यात गर्नुप¥यो भने हाम्रा कर्मचारी सामान राखिएको गाडीसँगै पारवहन मार्ग पहिल्याउँदै बङ्गलाबन्धसम्म पुग्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसैगरी आयातित सामान सुरक्षित रुपमा नेपाल भित्राउन हाम्रा कर्मचारी कागजात मिलाउन फूलबारी र बङ्गलाबन्ध नाका नै पुग्ने गरेका छन् ।” बङ्गलादेशसँगको व्यापार विस्तार हुने अपेक्षाका साथ काँकडभिट्टामा अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण गरिएको छ । यसको सम्पूर्ण व्यवस्थापन ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले हेर्दै आएको छ । सुरुमा नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको व्यवस्थापन हेर्ने गरेको भए तापनि केही वर्षदेखि ठेक्का सम्झौताका आधारमा निजी क्षेत्रको कम्पनीले बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारी पाएको हो । कम्पनीका शाखा प्रबन्धक राजेश तिवारीले विगतमा बङ्गलादेशको व्यापारमा संलग्न गाडीहरु बाक्लै आउने जाने गरेको भए तापनि हाल निकै घटेको बताउनुभयो । कम्पनीले बन्दरगाहभित्र राखिएका मालवाहक यातायातका साधनको पार्किङ शुल्क समेत उठाउने गरेको छ । पाँच वर्षका लागि रु १३ करोड २३ लाखमा सुख्खा बन्दरगाह ठेक्कामा सञ्चालन गर्ने अनुमति पाएको उहाँले जानकारी दिनुभयो । इन्टरमोडल यातायात विकास समितिको काँकडभिट्टा कार्यालयकी प्रमुख अम्बिका सुवेदीले भन्सार परिसरभित्र रहेका मालसामान र यातायातका साधनको सुरक्षा गर्ने र गोदाममा राखिएका सामानको जिम्मेवारी समितिको हुने बताउनुभयो । पछिल्लो समय नेपालले बङ्गलादेशसँग विद्युतीय ऊर्जाको व्यापारमा सहकार्य प्रस्ताव गरेको छ । यही जेठको पहिलो साता बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने द्विदेशीय संयुक्त बैठकमा दुवै देशका ऊर्जा सचिवले आपसी हितका विषयमा संवाद अघि बढाउँदैछन् । जलविद्युत्मा प्रगति गर्दै आएको नेपालले बङ्गलादेशसम्म विद्युत् निर्यात गर्न थाल्ने हो भने व्यापारमा सन्तुलन मात्र आउँदैन । यसले मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयाम नै थपिदिनेछ । बङ्गलादेशसँगको व्यापार सन्तुलित ढङ्गले अघि बढाउने हो भने नेपालले बङ्गलादेशसँग निर्यातयोग्य वस्तुको सूची बनाएर भन्सार छुटको सुविधा माग गर्नुपर्ने नेपाल बङ्गलादेश चेम्बर एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनलाई भन्सार छुट दिने वित्तिकै बङ्गलादेशसँगको हाम्रो व्यापारले गति लिन्छ ।”

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न