Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।

2025 Jul 29 1:25 PM 227

विज्ञापन

Birat Cancer Hospital
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।

विराटनगर ।  समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहदै आईरहेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित छ । प्रहरी र आम नागरिक बीचको सम्बन्ध सुदृढ बनाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने उदेश्यका साथ आम नागरिकहरुमा जनचेतना अभिवृद्धि गरी सचेतनाको कामीबाट हुने बिभिन्न घटना, दुर्घटना तथा अपराधहरुलाई नियन्त्रण तथा न्यूनिकरण गरी अपराधिक गतिबिधि लगायत अन्य अप्रिय घटनाहरुमा कमि ल्याउन कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरी समाजमा शान्ती सुरक्षा स्थापना गर्दै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध/ बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउदै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । यसै गरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् । जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् ।   कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला