Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

मोरगं जिल्लामा सशस्त्र प्रहरीले सिमा कडाई गरेपछि तस्करहरुले सुनसरीको रुट प्रयोग, केही तस्करहरुबाट पेसा परिबर्तन, भन्सारको राजश्वमा नियमित मासिक बृद्धि

2025 Mar 11 4:57 PM 175

विज्ञापन

Birat Cancer Hospital
मोरगं जिल्लामा सशस्त्र प्रहरीले सिमा कडाई गरेपछि तस्करहरुले सुनसरीको रुट प्रयोग, केही तस्करहरुबाट पेसा परिबर्तन, भन्सारको राजश्वमा नियमित मासिक बृद्धि
विवेक यादव, बिराटनगर । सशस्त्र प्रहरीले गर्ने नियमित सिमा गस्तिबाट अबैधरुपमा चोरी निकासी न्युन भए पछि बिराटनगर भन्सार कार्यालयको राजश्वमा नियमित मासिक संकलनमा बृद्धि भएको तथ्यागंले देखाएको छ । सिमामा रहेको सशस्त्र प्रहरीले नियमित सिमा गस्ती गर्न थाले पछि भन्सार छली र चोरी निकासीमा केही नियन्त्रण हुन थालेको भन्सार अधिकृत तथा सुचना प्रबक्ता सुमित गुप्ताले बताएका छन् । केही तस्करहरु, झोलेहरुले पेसा परिबर्तन गरेका छन् भने केहीहरुले सुनसरी जिल्लाको रुट प्रयोग गर्न थालेको स्थानीयहरुले बताएका छन् । मोरगंको पुर्बि नाका सिक्टी देखि रगेली हुदै बिराटनगर महानगरपालिकाको दक्षिणी सिमा दरैया सम्म मोरगं सिमा सशस्त्र प्रहरीले साईकल गस्ति, पैदल गस्ति गर्नुको साथै नियमित डिएस्पीको कमाण्डमा छडके चेकजाच गर्ने गरेको भन्सार अधिकृत गुप्ताले बिराटखबरलाई बताएका छन् । विराटनगरको मटेर्वा नाका, इस्लामपुर, दरैया सिमामा नियमित दिउँसो र राति सामुहिक गस्ति भैरहेको छ त्यसै गरी भेडियारी, जहदाको तारेगामा, गलेरिया, धनपालथानको नोचा, खयरबोना, मझारे, रङ्गेलीको चोप्राहाजस्ता खुल्ला सिमा नाकामा इन्पेक्टर भुपेन्द्र बस्नेतको कमाण्डमा पैदल गस्ति भैरहेको हुनाले पनि चोरी निकासी कम भएको स्थानीयहरु बताउछन् । प्राय जसो झोलेहरु, साईकल र मोटरसाईकहरुमा पारी जोगमनी भारतबाट इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, काजु, बदाम, कोकपेन्टाहरु, रजनीगन्धा, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनी लगायत कपडाहरु जस्ता सामग्रीहरु अबैधरुपमा नेपाल ल्याउने गर्दछन् । सशस्त्रले कडाई गरेपछि ती सामानहरुबाट भन्सार राजश्वमा बृद्धि भएको भन्सार कार्यालयको तथ्यागंले देखाउने गरेको भन्सार अधिकृत बताउछन् । सिमा भन्सार सुरुक्षामा सशस्त्र प्रहरीको कमाण्ड डिएस्पी ऋषिकेश राउत आईकन भन्सार कार्यालयसंग को समन्वयमा अबैधरुपमा चोरी निकासीमा ७० प्रतिशत कन्ट्रेल गर्न सफल भएको भन्सार प्रमुख उमेश श्रेष्ठले बताएका छन् । हुन त सिमाको बिओपीबाट सरुवा भएर काठमाडौ गएका डिएस्पी देबराज बिष्टको कमाण्डले पनि सक्दो नियन्त्रण गरेकै हो । त्यो बेला पनि रानी भन्सारले लक्ष्य अनुसार राजश्व उठाएको भन्सार कर्मचारीहरुले बताएका छन् । सरकारले बन्देज लगाएका र खुल्ला सिमानाको फाइदा लिन खोज्ने जो कोहीलाई पनि सिमा सुरुक्षामा खटिएका हाम्रा सशस्त्र प्रहरीहरुले चेकजाँच गर्ने र भन्सार तिरेर मात्र सो सामानहरु नेपाल ल्याउन सकिने कुराहरु उपभोक्ताहरुलाई सम्झाउने बुझाउने गर्ने गरेका छन् तसर्थ भन्सार कार्यालय संग समन्वय गरी जोगबनी नाका देखि बिराटनगरको बसपार्क सम्मै पनि शंका लागेका सफारी, टयाम्फु, साईकल, बसहरुको चेक जाँच गर्ने गरेको सशस्त्र प्रहरी जिल्ला प्रमुख प्रहरी उपरिक्षक राजेश घिमिरेले बताएका छन् । एस्पी घिमिरे भनेका छन्– अबैध सामानहरु लुकि लुकाई छिपाई ल्याउनेहरु पनि आखिरी बिच बाटोमा समेत सशस्बले छोडदैन भन्ने डरले भन्सार तिर्न थालेको कुरा सशस्त्र प्रहरी उपरिक्षक(एस्पी) राजेश घिमिरले बताउछन् । हामीले सक्दो चोरी निकासीलाई रोक्ने र राजश्व बढाउने तर्फ ध्यान गएको छ । खुल्ला सिमाना भएको कारण समस्या त भैहाल्छ ? रानीस्थित सशस्त्र प्रहरीको बिओपीबाट खटिने सशस्त्र प्रहरीले चोरी बाटो हुँदै सयौंको संख्यामा साइकल र मोटरसाइकललाई प्रकाउ गर्ने, सामान जफत गरी भन्सार कार्यालयमा बुझाउने गरेको छ । सशस्त्र प्रहरीका बिओपी इन्चार्ज डिएस्पि ऋषिकेश राउत आफै सिमामा बसेर नियमित झोले पोकेहरुलाई भन्सारको जोगबनी १ नम्बर ढाट हुदै २ नम्बर ढाटमा कडा चेक जाँच गर्ने भएको हुनाले उनीहरुलाई ढाट÷गेठमै रोके पछि तस्करहरु सल्लबलाएका छन् । यसरी कडा गर्न थालेपछि ब्यापारीहरु, तस्करहरु, झोलेहरुले मिडियाबाजी गर्ने, पुराना भिडियोहरु म्यासेन्जरमा हालिदिने, सोसियल मिडियाहरुको प्रयोग गर्ने, रुइमर फैलाउने, कतै फोटो र भिडियो खिचेर जिल्ला प्रशासन कार्यालयहरुमा पठाउने, माथिका हाकीमहरुलाई ति भिडियोहरु पठाउने गरेको सुन्नमा आएको छ तर हामी सरकारले दिएको जिम्मेबारी पुरा गर्न सशस्ब प्रहरीका सबै बिओपीमा खटिएका प्रहरीले दत्तचित्त भएर काम गर्ने छन् ÷गरिरहेका छन् कहि कतै केही समस्या हुन सक्छ मानवीय तृटि पक्कै हुन सक्छ त्यस्तो भएका हामी छलफल गर्ने सहज वाताबरण बनाउने कुरामा हामी सजग रहेको प्रहरी प्रमुख एस्पी राजेश घिमिरेले बताएका छन् । जनपथ तर्फ प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय यसै गरी सशस्त्र प्रहरी गण, सीमा सुरक्षा फोर्स, सीमा सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालय रानी भएको विराटनगर भन्सार क्षेत्रमा बाक्लै प्रहरीहरुको उपस्थिति रहेको हुनाले पनि यो क्षेत्रबाट अबैध सामानहरु नेपाल भित्रीने अबस्था न्युन नै छ फेरी बिराटनगर महानगरपालिकाले समेत आफनो सवारी कर लगायत महानगरपालिकाले लिने सवारीकरका लागि स्थानीय प्रहरी खटाएको छ यसले पनि चोरी निकासीमा थप बल पुगेको स्थानीयहरु बताउछन् तसर्थ बैधानिक बाटो, आईसीपीबाट आउने सवारीहरुले भन्सार जाँचपास गराएर मात्रै आएका छन् सिमामा रहेको भन्सार ढाट न ३ पुरै बन्द छ ब्लक गरेको छ । रानी जोगमनी १ नम्बर ढाट हुदै २ नम्बर ढाटमा पुगेर पुरै चेकजाँच हुने गरेको भन्सारी कर्मचारीले बताउतै भन्सारले चेक गर्दा समस्या आएमा हामीले सशस्त्र प्रहरीको सहयोग समेत लिने गरेको भन्सार कर्मचारीले पुनः स्मरण गराए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?