Live
| मंगलबार, कार्तिक १७, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, फल्यास न्यूज, ब्यापार, ब्रेकिङ्ग न्यूज

नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा १४ स्थानमा टाटा गुरुहरुकालागी प्राविधिक प्रशिक्षण तालिम सञ्चालन हुँदै

2026 Nov 3 12:30 PM 7

विज्ञापन

Birat Cancer Hospital
नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा १४ स्थानमा टाटा गुरुहरुकालागी प्राविधिक प्रशिक्षण तालिम सञ्चालन हुँदै

काठमाडौं / नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ आजदेखि सुरु भएको छ। आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुने उक्त ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना हुँदैछ। कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा तालिम सञ्चालन गरिनेछ।

कार्यक्रममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियन टाटा गुरुहरूलाई लक्षित गरी आधुनिक सवारी प्रविधि तथा BS-6 (भारत स्टेज–६) सवारी प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ। प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ सिस्टमसम्बन्धी विषयहरू समेटिएका छन्। साथै, BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ECU र एक्टुएटरको कार्यप्रणालीबारे पनि जानकारी प्रदान गरिनेछ।

त्यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत SCR तथा LNT सिस्टमको परिचय, तिनका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र निदान गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ। यस कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्ति गुरुहरुलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले यो कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरेका हुन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ , २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जना पक्राउ

१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ , २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जना पक्राउ

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै