Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

2025 Nov 12 10:33 AM 193

विज्ञापन

Birat Cancer Hospital
मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा
बिराटनगर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले पुलिस र कर्मचारी माथि नै निर्घात कुटेका छन् । जनकपुरमा रहेको मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको छ । गेटमा रहेका सुरुक्षाकर्मीहरुको लुगा त्यातिदिएका छन् भने सशस्त्र प्रहरीलाई धकेलेर उपल्लो भित्तामा पुराएको भिडियो सोसियल मिडियामा सार्बजनिक भएको छ । मधेश प्रदेशका उपसचिबले आफनो र मातहतका कर्मचारीहरुको ज्यान जोगाउन उनीहरुलाई घर जानुहोस् समेत भन्नु पर्ने बाध्यता परेको देखिन्छ । उनै उपसचिबको भनाई यस्तो रहयो– मुख्यमन्त्रीको कार्यकक्ष गृह सञ्चार तथा कानुन मन्त्रालयमा राखिएको छ । मुख्यमन्त्रीको कार्यालय अर्को ठाउमा छ । सांसद र कार्यकर्ताहरु आउनुभएको थियो, त्यहँ गएर भित्र तोडफोड पनि भयो । एकदुई जना कर्मचारीलाई हातपात समेत भयो,’ उनले भने, ‘सचिवज्यूहरु आइपुग्नु भएको थिएन, उप सचिवको हैसियतले सबै कर्मचारीलाई आफ्नो सुरक्षा गर्न घर जानुस भनेर पठाइदिए ।’तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा र कुममा आवाज सुनिने गरी कार्यकर्ताले हिर्काएका छन् र उनी दुखो आईया भन्दै सुरुक्षा गर्न भनेर लगेको कम्प्युटर समेत छोडेर हिडनु परेको दृश्य देखिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?