Live
| शुक्रबार, असोज २२, २०८३
EN
arya newro
BiraKhabar
अन्य

अलैँची बगान सुक्न थाले, सिँचाइ गर्ने उपाय छैन 

2023 May 14 5:38 AM 61

विज्ञापन

Birat Cancer Hospital
अलैँची बगान सुक्न थाले, सिँचाइ गर्ने उपाय छैन 
फुङ्लिङ : वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् । अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो । वैशाख–जेठ महिनामा फूल फुल्नुपर्ने अलैँची अहिले बोट सुकेर सोत्तरजस्तै भएको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेसँगै किसान चिन्तित बन्दै गाएका छन् । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो  । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “मैले ४० वर्षदेखि अलैँची खेती गर्दै आएको छु । विगतका वर्षमा ४० मन ९४० केजीको एक मन० सम्म अलैँची जम्मा गरेँ तर विस्तारै अलैँची रोग र समयमा पानी नपर्दा सुक्न थालेको छ । बोट नै सुक्न थालेपछि फलको के आशा गर्नु र ।” आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बन्न बुगेको सोही गाउँका वीरबहादुर फेम्बूले बताउनुभयो । विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गथ्र्यो । तर यस वर्ष भने खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीका स्रोत पनि कम हुँदै गएको फक्ताङलुङ गाउँपालिका–५ का पार्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजु हेल्लोकले बताउनुभयो । उहाँले भन्नुभयो, “खासै यसपालि हिमालमा हिउँ परेन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।” सिरिजङ्घा गाउँपालिका–६ माङ्माखेका किसान रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने माबोको भनाइ छ । “यतिबेला पालो गरी–गरी बोट भिजाउनुपर्ने हो”, उहाँले भन्नुभयो, “खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।” साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँची मा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । “पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्”, मेरिङदेन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भन्नुयो । “केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल सिँचाइ गर्ने एक प्रकारको मेसिनबाट सिँचाइ गरिरहेका छन् ।” गत वर्ष माघभरिमा चारपटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष चैतमा केही वर्षासँगै आएको असिनाले अलैँचीको पात धुजाधुजा बनाएको छ । चैतमा केही समय वर्षा भए पनि त्यसयता वर्षा हुन नसकेकाले अलैँची सुक्न थालेको किसानको भनाइ छ । यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा असर परेको किसानको दुःखेसो छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग  पुर्याउँछ  । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ  । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहत हुने किनानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन्  । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । एक नगरपालिकासहित नौ स्थानीय तह ताप्लेजुङमा ६१ वडा रहेको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लाको मुख्य आम्दानी स्रोत भनेकै अलैँची हो भन्दा फरक पर्दैन । कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । विगतमा एक मन ९४० केजी०को रु एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची रु ३४ हजारमा खरिद बिक्री भइरहेको फुङ्लिङ नगरपालिका–५ का अलैँची व्यपारी दिनेश अधिकारीले बताउनुभयो । छ अर्ब ३५ करोडको निर्यात चालु आवको नौ महिनामा नेपालबाट रु छ अर्ब ३५ करोडको अलैँची निर्यात भएको भन्सार विभागकले जनाएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत वर्षको तुलनामा दोब्बर बढी रकमको अलैँची निर्यात भएको हो । गत वर्ष सोही अवधिमा रु तीन अर्ब ८५ करोडको अलैँची निर्यात भएको थियो । चालु आवमा रु आठ अर्ब बराबरको अलैँची निर्यात हुने अनुमान गरिएको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । अठहत्तर लाख ७१ हजार किलो अलैँची भारत, पाकिस्तान, जर्मनी र इटलीमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला