Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द

2023 Jun 23 6:09 AM 55

विज्ञापन

Birat Cancer Hospital
सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द
सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।
वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको कोशी एडभेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताउनुभयो । “कोशीमा पानी बढेपछि सबै जेटबोट कोशीबाट निकालिसक्यौँ”, थापाले भन्नुभयो, “बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बोट बन्द गरिएको हो ।”
पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताउनुभयो । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो ।
बोटले बराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी चारवटा स्थानहरूमा मुख्यगरी आउजाउ गर्ने गरेको थियो । गाडीबाट झन्डै तीन घण्टा समय लाग्ने ठाउँ सिम्लेमा जेटबोटले करिब १५ मिनेटमै पु¥याउने गरेको थियो । बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज थियो । बोटले वर्षा बाहेकका समयमा १५ हजारको हाराहारीमा यात्रुहरूलाई आउजाउ गराउने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न