Live
| शनिबार, बैशाख ५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

एमालेले उपसभामुखको राजीनामा ल्याउने तयारी, अन्ततः घुमिफिरी एमालकै मुख्यमन्त्रि हुने पक्का

2023 Aug 1 9:53 AM 47

विज्ञापन

Biratkhavar
एमालेले उपसभामुखको राजीनामा ल्याउने तयारी, अन्ततः घुमिफिरी एमालकै मुख्यमन्त्रि हुने पक्का
बिराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज कोशी प्रदेश सभाका सभामुखलाई राजीनामा गराएर ४७ सदस्यको समर्थन बोकेर मुख्यमन्त्री को दावी गर्दै गर्दा सभामुखले राजीनामा दिए उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी गरेको छ । कोशी प्रदेशको ९३ सदस्यीय प्रदेश सभामा सभामुखलाई राजीनामा गराएर गठबन्धन दलको मुस्किलले बहुमत ४७ पुग्ने तर विश्वासको मत पाउने सम्भावना नहुने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी परिस्थिति सिर्जना भए उपसभामुखले पनि राजीनामा दिने बताए । ‘अहिले उपसभामुखको राजीनामा आउँदैन, तर परिस्थिति सिर्जना भयो भने आउन सक्छ’ उनले भने । सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल हुन । मण्डललाई सरकारमा लगेर एमालेका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गराउने विकल्पमा सत्ता पक्षले छलफल गरेको पनि यो कदम पनि घातक हुने माओवादीको तर्क छ । ‘सभामुखलाई राजीनामा गराउँदा एमालेले उपसभामुखलाई पनि राजीनामा गराउँछ’ ती नेताले भने, ‘त्यसपछि ज्येष्ठ सदस्य गठबन्धनमा हुनुहुन्छ, उहाँलाई सरकारमा लगेर विश्वासको मत लिने दिनको बैठकमा एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई उपस्थित गराएन भने के हुन्छ ?’ सत्तारुढ गठबन्धनसँग कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सदस्य छन् । ९३ सदस्यीय प्रदेश सभामा यो संख्या कठिन बहुमत हो । तर विश्वासको मत लिने प्रयोजनका लागि बैठक बस्दा सत्ता पक्षकै ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आउन सक्छ । सत्ता पक्षकै सांसदले अध्यक्षता गरे सत्ता पक्षमा ४६ र विपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ हुनेछ । बैठकको अध्यक्षले बराबर मत भए मात्रै निर्णायक मत दिन पाउँछन् ।  प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थित गराए बराबर मत पुग्दैन र अध्यक्षले निर्णायक मत दिन पाउँदैनन् । संविधानको धारा १६८ को उपाधारा २ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनेछन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान