Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

सुन्दर र हराभरा रंगेली बनाउन नगरपालिकालाई एमालेको साथ, सडकका डिभाईडरमा ६५ हजार निल काँडको विरुवा रोप्न सुरु

2023 Aug 1 11:24 AM 163

विज्ञापन

Birat Cancer Hospital
सुन्दर र हराभरा रंगेली बनाउन नगरपालिकालाई एमालेको साथ, सडकका डिभाईडरमा ६५ हजार निल काँडको विरुवा रोप्न सुरु
रंगेली, मोरगं । मोरङको रंगेलीलाई सुन्दर, हराभरा र समृद्ध बनाउने नगरपालिकाको अभियानमा नेकपा (एमाले) ले साथ दिएको छ । रंगेली नगरपालिकाले सुरु गरेको हरित शहर अभियानमा नेकपा (एमाले) रंगेली नगर कमिटीले साथ दिएको हो । रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने सडकको डिभाईडरमा बृक्षारोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको थियो । नगरपालिकाले सुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै एमाले रंगेलीले शनिबार वृक्षारोपण गरिएको स्थानमा गोडमेल र सौन्दर्यकरणका लागि निल काँडाको विरुवा रोप्न सुरु गरेको छ । शनिबार विहानैदेखि एमाले रंगेलीको आयोजनामा काली मन्दिर अगाडीबाट नगरलाई सुन्दर बनाउन निल काँडाको विरुवा रोप्न सुरु गरिएको थियोे । सो कार्यको नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले सुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद पोखरेलले रंगेलीलाई समृद्ध बनाउन आफ्नो पार्टीको पूर्ण साथ रहने बताए । उनले नगरपालिकाको चौतर्फी विकासको अभियानमा नेकपा (एमाले) पनि सहभागी हुने बताए । सांसद पोखरेलले नगरपालिकाले बजार क्षेत्रमा वृक्षारोपण गर्दै रंगेलीलाई हरित नगरी बनाउन गरिएको सौन्दर्यकरणका लागि राजनीतिक दलहरुको तर्फबाट थोरै भएपनि योगदान गर्न चाहेको र त्यसै अन्तर्गत निल काँडा रोपिएको बताए । कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले आफ्नो ठाउँको चौतर्फी विकासका लागि सवै राजनीतिक दलहरुले दलिय स्वार्थ त्यागेर नगरपालिकालाई साथ दिनुपर्ने र सो कामको थालनी एमालेबाट भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले थालनी गरेको अभियानमा एमालेले जसरीनै अन्य राजनीतिक दलहरु पनि साथ दिए सवै हिसावले समृद्ध रंगेली बन्न धेरै समय नलाग्ने बताए । कार्यक्रममा नेकपा (एमाले) रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले नगरपालिकाले वेतौनादेखि मधुवनीसम्म वृक्षारोपण गरेको ५ किलोमिटर क्षेत्रमा थप सौन्दर्यका लागि आफ्नै पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोपिने र त्यसको सुरुवात गरिएको जानकारी दिए । निल काँडा रोप्ने कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, नेकपा (एमाले) का नेता कार्यकर्ता, स्थानीय नगरवासी, सुरक्षाकर्मीलगायतको सहभागीता थियो । शहरीकरणका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण र स्वच्छ वातावरणका लागि रंगेली नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गको ५ किलोमिटर सडकको डिभाईडरमा वृक्षारोपण गरेको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला